प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १२/१ पृ. ३
  • येशू—उहाँबारे मानिसहरू के भन्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू—उहाँबारे मानिसहरू के भन्छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • नासरत–अगमवक्‍ताको घर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • येशूले तपाईंको जीवन कसरी परिवर्तन गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येशूले विश्‍वभर पार्नुभएको प्रभाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १२/१ पृ. ३

येशू—उहाँबारे मानिसहरू के भन्छन्‌?

“नासरतका येशू . . . इतिहासकै प्रभावशाली व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरामा कुनै शंका छैन।” —एच. जी. वेल्स, अंग्रेज इतिहासकार।

“ख्रीष्ट . . . इतिहासका आदर्शवान्‌ व्यक्‍तिहरूमध्येकै विशेष र असाधारण हुनुहुन्छ।” —फिलिप शाप, स्वीस मूलका धर्मविद्‌ तथा इतिहासकार।

आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष भनिन को योग्य छ? कुनै मानिसको महानता कसरी नापिन्छ? सामरिक योग्यताको आधारमा? बलको आधारमा? बुद्धिको आधारमा? अथवा तिनको वचन र कार्यले मानिसहरूलाई कुन हदसम्म असर गरेको छ अनि तिनले कस्तो उदाहरण छोडेको छ त्यसको आधारमा?

नासरतका येशू ख्रीष्टबारे भूत अनि वर्तमानका इतिहासकार, वैज्ञानिक, शास्त्रविद्‌, लेखक, राजनैतिक नेता र अरूले के भन्छन्‌ ध्यान दिनुहोस्‌:

“नासरतका येशू यो दुई हजार वर्षभित्रको मात्र नभई मानव इतिहासकै प्रभावशाली व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरालाई खण्डन गर्न तथ्यहरूलाई पूरै हेरफेर गर्नुपर्ने हुन्छ।”—रेनोल्डस प्राइस, अमेरिकी लेखक तथा बाइबलविद्‌।

“शत्रुहरूलगायत सबै मानिसको भलाइको लागि पूर्णतया निर्दोष एक व्यक्‍तिले आफूलाई बलिदान चढाए र संसारकै मुक्‍तिदाता बने। यो निष्खोट काम थियो।”—मोहनदास करमचन्द गान्धी, भारतका राजनैतिक तथा आध्यात्मिक नेता।

“सानो छँदा मैले बाइबल र ताल्मुदको शिक्षा पाएको थिएँ। म यहूदी हुँ। तर येशूको ओजस्वी व्यक्‍तित्व देखेर म मुग्ध भएको छु।”—अल्बर्ट आइन्स्टाइन, जर्मनमूलका वैज्ञानिक।

“मलाई लाग्छ येशू ख्रीष्ट आजसम्मकै अनि इतिहासभरिमै परमेश्‍वर र मानिसको पुत्रको रूपमा विशिष्ट व्यक्‍तित्व हुनुहुन्छ। उहाँले जे-जति भन्‍नुभयो वा गर्नुभयो त्यो आज हाम्रो लागि अमूल्य छ। जीवित वा मरिसकेका अरू कुनै व्यक्‍तिबारे तपाईं यसो भन्‍न सक्नुहुन्‍न।”—शोलेम आस, पोलिस मूलका निबन्धकार, क्रिश्‍चियन हेरल्ड-बाट उद्धरण गरिएको।

“पैंतीस वर्षको उमेरसम्म म राजनैतिक र धार्मिक अख्तियार अनि प्रचलित कुनै पनि विचारमा विश्‍वास गर्दिन थिएँ। पाँच वर्षअघि येशू वास्तविक हुनुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त भएँ। मैले उहाँका शिक्षाहरूमा विश्‍वास गरें र मेरो पूरै जीवनले अचानक नयाँ मोड लियो।”—काउन्ट लियो टोल्सटोय, रूसी उपन्यासकार तथा दार्शनिक।

“यस ग्रहमा बाँचेकाहरूमध्ये येशूको जीवनी सबैभन्दा प्रभावशाली छ र यसको असर दिनप्रतिदिन बढ्‌दै छ।”—केनेथ स्कट लाटूरेट, अमेरिकी इतिहासकार तथा लेखक।

“येशूको जीवनी कथा मात्र हो भनेर मानिलिनु के सही हो? साथी हो! उहाँको जीवनी कथा जस्तो मात्र त पटक्कै छैन। यसको उल्टो सोक्रेट जसबारे कसैले शंका गर्दैनन्‌ तिनको जीवनीचाहिं येशू ख्रीष्टको जति प्रमाणित छैन।”—जाँ ज्याक रूसो, फ्रान्सेली दार्शनिक।

स्पष्ट छ, यदि हाम्रो जीवनमा नमुना बन्‍न कोही योग्य छ भने उहाँ हुनुहुन्छ येशू ख्रीष्ट। येशूको चेला हुन र अन्यजातिहरूमाझ उहाँबारे बोल्न उहाँद्वारा छानिएका प्रथम शताब्दीका शिक्षित व्यक्‍ति पावल येशूको कुरा ध्यान दिएर “हेरौं” भनी हामीलाई आग्रह गर्छन्‌। (हिब्रू १२:२; प्रेरित ९:३) जिउने सन्दर्भमा हामी येशूबाट के सिक्न सक्छौं? उहाँको जीवनले तपाईंलाई कसरी लाभ पुऱ्‍याउन सक्छ? (w 08 12/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने