प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ६/१ पृ. ८-९
  • ४ शंका-उपशंका हटाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ४ शंका-उपशंका हटाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “विश्‍वासमा दह्रो भएर बस”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ६/१ पृ. ८-९

४ शंका-उपशंका हटाउनुहोस्‌

“ए अल्पविश्‍वासी, किन शंका गऱ्‍यौ?”—मत्ती १४:३१.

चुनौती: येशूका चेलाहरूले समेत कहिलेकाही शंका गरे। (मत्ती १४:३०; लूका २४:३६-३९; यूहन्‍ना २०:२४, २५) वास्तवमा, बाइबलले विश्‍वासको कमीलाई “सजिलैसित अल्मल्याउने पाप” भनेको छ। (हिब्रू १२:१) प्रेरित पावलले लेखे: “सबैमा विश्‍वास छैन।” (२ थिस्सलोनिकी ३:२) त्यसो भन्दैमा कोही-कोही यो गुण देखाउन असक्षम हुन्छन्‌ भन्‍ने होइन। बरु, थुप्रैले यो गुण देखाउन चाहिने कदम चाल्दैनन्‌। परमेश्‍वरले कदम चाल्नेहरूलाई आशिष्‌ दिनुहुनेछ।

कसरी पार लगाउने? तपाईंलाई कुन कुराले गर्दा शंका लागेको हो त्यो खुट्ट्याउनुहोस्‌। उदाहरणको लागि, अरू चेलाहरूले येशूलाई देखेका छौं भन्दा समेत चेला थोमाले उहाँको पुनरुत्थानमाथि शंका गरे। थोमा प्रमाण चाहन्थे। परिणाम? तिनको विश्‍वास बलियो बनाउन येशूले प्रमाण देखाउनुभयो।—यूहन्‍ना २०:२४-२९.

परमेश्‍वरले हामीलाई शंका-उपशंका हटाउन के गर्नुपर्छ त्यसको जवाफ बाइबलमार्फत दिनुहुन्छ। उदाहरणको लागि, थुप्रैले परमेश्‍वरमाथिको विश्‍वास गुमाउँछन्‌ किनभने तिनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा, मानिसजातिलाई सताउने युद्ध, हिंसा र दुःखको लागि उहाँलाई दोषी ठहराउँछन्‌। यसबारे बाइबल के भन्छ?

परमेश्‍वरले मानव सरकारमार्फत शासन गर्नुहुन्‍न। येशूले शैतान भनेर चिनिने अदृश्‍य आत्मालाई “संसारको शासक” भन्‍नुभयो। (यूहन्‍ना १४:३०) केवल एकचोटि दण्डवत्‌ गरेको खण्डमा पृथ्वीको सारा राज्याधिकार येशूलाई दिन्छु भन्दै शैतानले भन्यो: “म यो सारा अख्तियार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ, औ जसलाई इच्छा गर्दछु, म यो दिनसक्छु।” शैतानसित त्यस्तो अख्तियार छैन भनेर येशूले भन्‍नुभएन। बरु, उहाँले भन्‍नुभयो: “तैंले परमप्रभु, आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू, र उहाँकै मात्र सेवा गर्नू भन्‍ने लेखिएको छ।” (लूका ४:५-८) यो सारा दुःखको दोष शैतान र मानव सरकारलाई जान्छ, परमेश्‍वरलाई होइन।—प्रकाश १२:९, १२.

चाँडै नै यहोवा परमेश्‍वरले दुःखको सबै जड हटाउनुहुनेछ। उहाँले पहिले नै मानवजातिलाई शासन गर्नको लागि आफ्नो छोरा येशू ख्रीष्ट अन्तर्गतको एउटा राज्य अर्थात्‌ सरकारको प्रबन्ध गरिसक्नुभएको छ। (मत्ती ६:९, १०; १ कोरिन्थी १५:२०-२८) बाइबल भविष्यवाणीको पूर्ति अनुरूप नै राज्यको सुसमाचार अहिले सारा संसारभरि प्रचार गरिंदै छ। (मत्ती २४:१४) चाँडै यो राज्यले यसका विरोधीहरूलाई हटाउनेछ र मानव दुःखको जडलाई नामेट पार्नेछ।—दानियल २:४४; मत्ती २५:३१-३३, ४६; प्रकाश २१:३, ४.

इनाम: शंका-उपशंकालाई ठाउँ दिनेहरू सबै “मानिसको धूर्तताको सिद्धान्तको प्रत्येक बतासबाट” हुर्रिनेहरू जस्ता छन्‌। (एफिसी ४:१४; २ पत्रुस २:१) यसको ठीक विपरीत, आफ्ना प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनेहरू चाहिं “विश्‍वासमा दृढ” हुन्छन्‌।—१ कोरिन्थी १६:१३.

यस पत्रिकाका प्रकाशक यहोवाका साक्षीहरू तपाईंको विश्‍वासलाई चुनौती दिने प्रश्‍नहरूको जवाफ पाउन तपाईंलाई मदत दिन चाहन्छन्‌। तिनीहरू तपाईंलाई आफूसित संगत गर्न र तिनीहरूको शिक्षा तपाईं आफैले जाँचेर हेर्न निमन्त्रणा दिन्छन्‌। यसो गर्नुभयो भने परमेश्‍वरप्रति तपाईंको विश्‍वास निकै बलियो हुनेछ। (w09 5/1)

थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ?a किताबको “परमेश्‍वरको राज्य के हो?” अध्याय ८ र “परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ” अध्याय ११ हेर्नुहोस्‌।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ९-मा भएको चित्र]

आफ्ना प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनेहरूसित विश्‍वास गर्ने ठोस आधार हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने