प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ४/१ पृ. ३२
  • के परमेश्‍वर अफसोस गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के परमेश्‍वर अफसोस गर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • बाल उपासना—इस्राएलीहरूको अन्तर्द्वन्द्व
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पछुतो नमानी सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • इस्राएलीहरू कनान प्रवेश गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ४/१ पृ. ३२

परमेश्‍वरको नजिक हुनुहोस्‌

के परमेश्‍वर अफसोस गर्नुहुन्छ?

न्यायकर्त्ता २:११-१८

असिद्ध भएकोले हामी मानिसजाति बेलाबेलामा पछुताउँछौं। जस्तै:- गल्ती गरेको महसुस भएपछि हामी पछुताउँछौं। यहोवा पनि पछुताउनुहुन्छ अथवा अफसोस गर्नुहुन्छ भनेर बाइबलमा उल्लेख गरिनु रोचक छ। ‘तर परमेश्‍वर त सिद्ध हुनुहुन्छ,’ तपाईं भन्‍नुहोला। ‘उहाँ कदापि गल्ती गर्नुहुन्‍न।’ त्यसोभए, कुन अर्थमा परमेश्‍वर अफसोस गर्नुहुन्छ? यसको जवाफले हामीलाई श्रद्धेय भय जगाउने जानकारी बुझ्न मदत गर्न सक्छ: यहोवाका पनि भावना छन्‌ र हामी आफ्नो बेहोराबाट उहाँको भावनामा असर पार्न सक्छौं। न्यायकर्त्ता २:११-१८ मा रेकर्ड गरिएका यी शब्दहरू विचार गर्नुहोस्‌।

न्यायकर्त्ताको पुस्तकमा इस्राएल राष्ट्रले भोगेको अशान्त अवस्थाबारे वर्णन गरिएको छ। यहोवाले अब्राहामलाई दिने प्रतिज्ञा गरेको मुलुक कनानमा इस्राएलीहरू बसेका थिए। यसपछिका शताब्दीहरूमा इस्राएलीहरूले देखाएको बेहोराको एउटा क्रम नै चलिरह्‍यो। तिनीहरूको बेहोराको त्यो क्रमिक चक्रलाई छोटकरीमा यस्तो थियो भन्‍न सकिन्छ: परित्याग, थिचोमिचो, अन्तरबिन्ती र छुटकारा।a

परित्याग। कनानीहरूको प्रभावमा परेर इस्राएलीहरूले ‘यहोवालाई त्यागे’ र अन्य देवताको पछि लाग्न थाले। त्यसमा पनि विशेषगरि “बाल र अश्‍तारोतलाई” पुज्न थाले।b त्यसरी यहोवाको उपासना परित्याग गर्नु नै धर्मत्याग हुन गयो। त्यसकारण, तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउने परमेश्‍वर यहोवा तिनीहरूसित “क्रोधित” हुनु अनौठो होइन।—पद ११-१३; न्यायकर्त्ता २:१.

थिचोमिचो। पीठ फर्काउनेहरूप्रति यहोवाले धार्मिक क्रोध प्रकट गर्दै आफूले दिएको सुरक्षा हटाउनुहुने थियो। त्यसपछि इस्राएलीहरू “शत्रुहरूका हातमा” पर्ने थिए र शत्रुहरूले लुटपाट मच्चाउने थिए।—पद १४.

अन्तरबिन्ती। अत्यन्तै दुःख पाएपछि आफ्नो गल्तीको पछुतो गर्दै इस्राएलीहरू मदतको लागि यहोवालाई पुकार्थे। “अत्याचारमा पर्दा . . . तिनीहरूले सुस्केरा मार्दथिए” भन्‍ने अभिव्यक्‍ति तिनीहरूले अन्तरबिन्ती गरेको संकेत हुन सक्छ। (पद १८) परमेश्‍वरलाई अन्तरबिन्ती गर्नु क्रमिक चक्रको भाग थियो। (न्यायकर्ता ३:९, १५; ४:३; ६:६, ७; १०:१०) अनि परमेश्‍वरले कसरी जवाफ दिनुभयो?

छुटकारा। यहोवाले इस्राएलको सुस्केरा सुन्‍नुहुन्थ्यो र “दया गर्नुहुन्थ्यो।” यहाँ प्रयोग गरिएको हिब्रू शब्दलाई “अफसोस गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ। (उत्पत्ति ६:६ तुलना गर्नुहोस्‌) अनि उक्‍त हिब्रू शब्दलाई “अफसोस गर्नु” भनेर अनुवाद गरिंदा यसको अर्थ “मन बदल्नु वा विचार बदल्नु” हुन्छ। (प्रस्थान ३२:१४ तुलना गर्नुहोस्‌) एउटा पुस्तकअनुसार “यहोवा तिनीहरूको सुस्केरा सुनेर दयाले भरिनुभयो र तिनीहरूको सजाय माफी गरेर छुटकारा दिनुभयो।” दया देखाउँदै यहोवाले ‘तिनीहरूमाथि न्यायकर्ता खडा गर्नुहुन्थ्यो’ र यी न्यायकर्ताले उहाँका प्रजालाई शत्रुहरूको हातबाट छुटाउँथे।—पद १८.

परमेश्‍वरले अफसोस गर्नुभएको वा मन बदल्नुभएको कारण के तपाईंले बुझ्नुभयो? प्रजाहरूको मनोवृत्ति परिवर्तन भएकोले उहाँले त्यसो गर्नुभयो। यो कुरालाई यसरी सोच्नुहोस्‌: एक जना मायालु बुबाले गल्ती गरिरहने बच्चालाई अनुशासन दिन्छन्‌। सायद उसलाई मन परेको कुनैकुनै काम गर्न बन्देज लगाउन सक्छन्‌। तर बच्चाले साँच्चै पछुतो मानेको देखेपछि बुबाले माफी दिने निर्णय गर्छन्‌।

यो विवरणबाट यहोवाबारे हामी के सिक्न सक्छौं? जानाजानी गल्ती गर्दा उहाँलाई रिस उठ्‌छ तर पश्‍चात्ताप गर्दा उहाँ दया देखाउनुहुन्छ। हाम्रो बेहोराले यहोवाका भावनाहरूमा असर पुग्न सक्ने भएकोले यसबारे गम्भीरतासाथ सोच्नुपर्छ। यहोवाको “हृदयलाई आनन्दित” तुल्याउने तरिका सिक्नुभए कसो होला? (हितोपदेश २७:११) तपाईं कहिल्यै पछुताउनुपर्ने छैन। ( w10 -E  02/01)

[फुटनोट]

a इस्राएलीहरूले बारम्बार देखाएको बेहोराको एउटा झलक न्यायकर्त्ता २:११-१८ ले दिन्छ। त्यसपछिका अध्यायले भने पूरा विवरण दिन्छ।

b कनानीहरूको प्रमुख देवता बाल थियो। अश्‍तारोतचाहिं देवी थिई र तिनलाई बालकी पत्नी ठानिन्थ्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने