प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १२/१५ पृ. १८
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • “त्यो दिन र समय तिमीहरूलाई थाह छैन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • २ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १२/१५ पृ. १८

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

बेलगाम बोलीको आगो हामी कसरी निभाउन सक्छौं?

आफ्नो मनमा के छ, त्यो केलाउनुपर्छ। भाइबहिनीप्रति शङ्‌का गर्नुको सट्टा आफ्नो मनसायलाई विचार गर्नुपर्छ। अरूलाई तुच्छ ठानेर आफूलाई उचाल्ने प्रयासले पो हामी अरूको आलोचना गरिरहेका छौं कि? अरूको आलोचना गर्दा परिणाम हानिकारक हुन्छ।—८/१५, पृष्ठ २१.

के परमेश्‍वरले मानिसहरूलाई पृथ्वी विनाश गर्न दिनुहुनेछ?

परमेश्‍वरले मानिसहरूलाई पृथ्वी विनाश गर्न दिनुहुनेछैन। यहोवाले पृथ्वी “व्यर्थको वस्तु” बनाउनुभएको होइन भनेर बाइबल हामीलाई आश्‍वासन दिन्छ। बरु “उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८) पृथ्वीलाई मानिसद्वारा नाश हुन दिनुको साटो परमेश्‍वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने” प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश ११:१८)—०७/०१, पृष्ठ ४.

यहोवाको दिन सुरु हुनुभन्दा अघि कस्ता-कस्ता घटना हुनेछन्‌?

“शान्ति र सुरक्षा!”-को घोषणा गरिनेछ। महान्‌ बेबिलोनमाथि राष्ट्रहरूले आक्रमण गर्नेछन्‌ र त्यसको विनाश गर्नेछन्‌। परमेश्‍वरका सेवकहरूमाथि आक्रमण हुनेछ। आरमागेडोनको लडाइँ हुनेछ अनि त्यसपछि सैतान र त्यसका दूतहरूलाई अगाध खाडलमा हुऱ्‍याइनेछ।—९/१५, पृष्ठ ४.

अन्त ठ्याक्क कहिले हुन्छ भनेर थाह नहुनुमा के-कस्ता फाइदा छन्‌?

अन्त कहिले हुनेछ भनेर थाह नहुनुले हाम्रो मनभित्र के छ, त्यो प्रकट गर्छ। यहोवाको हृदयलाई खुसी पार्ने मौका दिन्छ। आत्मत्यागी जीवन बिताउन प्रोत्साहन दिन्छ अनि यहोवामा पूर्ण भरोसा राख्न र लगनशील भई उहाँको वचनअनुसार जिउन मदत गर्छ। साथै परीक्षाहरूबाट सिकेर आफ्नो विश्‍वास बलियो बनाउँछ।—९/१५, पृष्ठ २४-२५.

परमेश्‍वरको आज्ञा पालन गर्दा कसरी हाम्रो सुरक्षा हुन्छ?

आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्न परमेश्‍वरले निषेध गर्नुभएको छ। (हिब्रू १३:४) परमेश्‍वरको यो आज्ञा पालन गर्ने दम्पतीहरूले अझ बढी सुरक्षित हुन सकेको महसुस गरेका छन्‌। अनि यसले गर्दा छोराछोरी हुर्काउनको लागि पनि उपयुक्‍त वातावरण सृजना गर्न सकेका छन्‌। अर्कोतर्फ, आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्दा यसले अक्सर रोग, सम्बन्धविच्छेद, हिंसा, भावनात्मक चोट अनि टुक्रिएको परिवारजस्ता पीडादायी नतिजा निम्त्याउँछ। (हितोपदेश ५:१-९ पढ्‌नुहोस्‌)—०७/०१, पृष्ठ १६.

प्रकाश १:१६, २० मा उल्लिखित येशूको दाहिने हातमा भएको “सात वटा तारा”-ले कसलाई बुझाउँछ?

“तारा”-ले अभिषिक्‍त निरीक्षकहरूलाई बुझाउँछ तर यसले मण्डलीका अन्य सबै निरीक्षकलाई समेत बुझाउँछ।—१०/१५, पृष्ठ १४.

हामी दुष्ट स्वर्गदूतको प्रभावबाट कसरी उम्कन सक्छौं?

यहोवाको आशिष्‌ पाउन चाहने सबैलाई बाइबल यस्तो आग्रह गर्छ: “आफूलाई परमेश्‍वरको अधीनमा राख र दियाबलको विरोध गर अनि ऊ तिमीहरूबाट भाग्नेछ। परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकूब ४:७, ८) दुष्ट स्वर्गदूतहरूको प्रभावबाट मुक्‍ति पाउन चाहनुहुन्छ भने यहोवा परमेश्‍वर तपाईंलाई मदत गर्न सक्नुहुन्छ र गर्नु पनि हुनेछ।—१०/०१, पृष्ठ २८.

यशैया ५०:४, ५ मा उल्लेख गरिएझैं येशूले नम्र मनोभाव कसरी देखाउनुभयो?

त्यस पदमा बताइएअनुसार जससित “सिक्नेहरूको बोली” छ, ऊ ‘पछि हट्‌दैन।’ येशूले नम्र मनोभाव देखाउनुभयो र यहोवाले सिकाउनुभएको कुरामा गहिरो ध्यान दिनुभयो। उहाँ यहोवाले सिकाउनुहुने कुरा सिक्न उत्सुक र इच्छुक हुनुहुन्थ्यो। यहोवाले पापी मानिसहरूलाई कृपा देखाउँदा झल्किएको नम्रता पनि येशूले याद गर्नुभयो।—११/१५, पृष्ठ ११.

पति वा पत्नीमध्ये एक जना अवफादार हुँदा गुमेको भरोसा फेरि कसरी कमाउन सकिन्छ?

तिनीहरू (१) एकअर्कासित इमानदार हुनुपर्छ; (२) मिलेर काम गर्नुपर्छ; (३) पुरानो बानी त्यागेर नयाँ बानी विकास गर्नुपर्छ र (४) कहिले सम्बन्धलाई अघि बढाउने निर्णय गर्नुपर्छ।—१०/०१, पृष्ठ २१-२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने