प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १०/१५ पृ. ३१-३२
  • अरूलाई चेतावनी दिन के तपाईं अझ धेरै गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई चेतावनी दिन के तपाईं अझ धेरै गर्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशू प्रचार गर्न सधैं तत्पर हुनुहुन्थ्यो
  • तिनीहरू हरेक मौकाको सदुपयोग गर्छन्‌
  • हरेक मौकाको सदुपयोग गर्नुहोस्‌
  • के रुपियाँ-पैसा साँचो आनन्दको स्रोत हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • भूकम्पपछिको अवस्था सामना गर्ने
    ब्यूँझनुहोस्‌!—२००२
  • “परीक्षाहरू आइपर्दा विश्‍वासी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!
    हाम्रो राज्य सेवकाई—२०१०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १०/१५ पृ. ३१-३२

अरूलाई चेतावनी दिन अझ धेरै गर्न सक्नुहुन्छ कि?

सन्‌ १९०० दशकको सुरुतिरको एउटा मुक चलचित्रलाई (A Trip Down Market Street) दर्शकहरूले साह्रै मन पराए। त्यस चलचित्रमा अमेरिकाको सान फ्रान्सिस्कोका मानिसहरूको दैनिक क्रियाकलाप देखाइएको थियो। चलचित्रकर्मीहरूले केबल कारको अगाडि हाते क्यामरा जडान गरे। अनि केबल कार गुड्‌न थालेपछि व्यस्त सडकको दृश्‍य क्यामरामा कैद हुन थाल्यो। त्यस चलचित्रमा घोडाले तान्‍ने टाँगा, त्यतिबेलाको गाडी, किनमेल गरिरहेका मानिसहरू र अखबार बेच्ने केटाहरू देखाइएको थियो।

अप्रिल १८, १९०६ मा उक्‍त सहरमा ठूलो भूकम्प गयो र आगलागी भयो। हजारौंको ज्यान गुम्यो र चलचित्रमा देखाइएको त्यस सहरको प्रायजसो भाग तहसनहस भयो। यो दुःखद घटना हुनुभन्दा केही दिनअघि मात्र त्यो चलचित्र निर्माण गरिएकोले उक्‍त चलचित्र एकदमै मार्मिक हुन पुग्यो। चलचित्रमा देखाइएका केही व्यक्‍तिको त्यस दुर्घटनामा मृत्यु भयो। उक्‍त चलचित्र निर्माणकर्मीमध्येका एक जनाको सन्तान स्कट माइल्स यसो भन्छन्‌: “चलचित्रमा थुप्रै मानिस चहलपहल गरिरहेका थिए। तिनीहरूलाई आफूमाथि आइपर्ने घटनाबारे अत्तोपत्तो थिएन। तपाईं तिनीहरूको अवस्था महसुस मात्र गर्न सक्नुहुन्छ।”

सन्‌ १९०६ मा चेतावनीविना गएको भूकम्प र त्यसपछि लागेको आगोले गर्दा सान फ्रान्सिस्को सहरको ठूलो भाग तहसनहस भयो

त्यसबेलाको घटनालाई हाम्रो दिनसित तुलना गर्दा हामी गम्भीर भई सोच्न बाध्य हुन्छौं। हामी पनि आफ्ना छिमेकीहरूको अवस्था महसुस मात्र गर्न सक्छौं। तिनीहरू आफ्नो दैनिक क्रियाकलापमै व्यस्त छन्‌। आउनै लागेको विपत्तिबारे अर्थात्‌ यस दुष्ट संसार र खराब मानिसहरूको विनाशबारे तिनीहरूलाई अत्तोपत्तो छैन। तर यो विनाश कुनै चेतावनीविना जाने भूकम्पभन्दा फरक छ। यहोवाको न्यायको दिनबारे छिमेकीहरूलाई चेतावनी दिन हामीसित थोरै समय मात्र बाँकी छ। सायद तपाईंले पनि घर-घरको प्रचार गर्न हरेक हप्ता केही समय छुट्ट्याउनुभएको होला। तर अरूलाई चेतावनी दिन अझ धेरै गर्न सक्नुहुन्छ कि?

येशू प्रचार गर्न सधैं तत्पर हुनुहुन्थ्यो

येशूको उदाहरण अनुकरण गर्न लायकको छ। बाटोमा भेटेको कर उठाउने मानिस होस्‌ वा दिउँसो इनारछेउ थकाइ मार्न बसिरहेको बेला पानी भर्न आएकी स्त्री, भेटेजति सबैलाई प्रचार गर्न उहाँ तत्पर हुनुहुन्थ्यो। (लूका १९:१-५; यूह. ४:५-१०, २१-२४) आराम गर्न छुट्ट्याएको समयमा समेत उहाँ अरूलाई सिकाउन इच्छुक हुनुहुन्थ्यो। छिमेकीहरूप्रतिको अनुकम्पाले गर्दा उहाँ सिकाउने काममा सक्दो लाग्न उत्प्रेरित हुनुभयो। (मर्कू. ६:३०-३४) आज प्रचारकहरूले जरुरी सन्देश प्रचार गर्न सधैं तत्पर हुने सन्दर्भमा येशूको अनुकरण कसरी गरिरहेका छन्‌?

तिनीहरू हरेक मौकाको सदुपयोग गर्छन्‌

मेलिका कडा सुरक्षा व्यवस्था भएको अपार्टमेन्टमा बस्छिन्‌। तिनको अपार्टमेन्टका प्रायजसो मानिस विदेशी विद्यार्थी हुन्‌ जसको फोन नम्बर डाइरेक्टरीमा छैन। तिनीहरूको नाम भवनको लबीमा भएको सूचीमा पनि राखिएको छैन। लबीमा र लिफ्टमा भेट्‌नेहरूलाई बाइबलबारे बताउने हरेक मौकाको सदुपयोग गर्न तिनी तत्पर छिन्‌। तिनी भन्छिन्‌: “यसलाई म आफ्नो इलाका ठान्छु।” मेलिका विभिन्‍न भाषाका साहित्यहरू बोक्छिन्‌ र तिनका थुप्रै छिमेकीले पर्चा तथा पत्रिका स्वीकार्छन्‌। हाम्रो वेब साइट jw.org मा जाने तरिका पनि तिनी मानिसहरूलाई सिकाउँछिन्‌। तिनले थुप्रै बाइबल अध्ययन सुरु गरेकी छिन्‌।

सोनिया पनि प्रचार गर्ने मौका खोज्छिन्‌। तिनी क्लिनिकमा काम गर्छिन्‌। तिनले सबै सहकर्मीलाई राम्ररी साक्षी दिने लक्ष्य राखिन्‌। सबैभन्दा पहिला, तिनले उनीहरूको आवश्‍यकता र रुचि पत्ता लगाइन्‌। त्यसपछि दिउँसो खाजा खाने बेला प्रत्येक सहकर्मीलाई भेटिन्‌ र बाइबलबारे छलफल गरिन्‌। यसो गर्दा सोनियाले दुईवटा बाइबल अध्ययन सुरु गरिन्‌। खाजा खाने समयको सदुपयोग गर्दै तिनले क्लिनिकको लबीमा आफ्नो पालो कुरेर बसेकाहरूलाई पनि प्रचार गर्ने योजना बनाएकी छिन्‌।

हरेक मौकाको सदुपयोग गर्नुहोस्‌

सन्‌ १९०६ को भूकम्पबाट बचेका एक व्यक्‍तिले त्यस घटनालाई अहिलेसम्मकै सबैभन्दा भयानक विपत्ति भने। तर ‘परमेश्‍वरलाई नचिन्‍ने’ मानिसहरूमाथि आइपर्ने बदलाको दिनसित कुनै पनि विपत्तिलाई तुलना गर्न सकिंदैन। (२ थिस्स. १:८) मानिसहरूले आफ्नो मन परिवर्तन गरून्‌ र उहाँका साक्षीहरूले दिइरहेको चेतावनी स्वीकारून्‌ भनी यहोवा चाहनुहुन्छ।—२ पत्रु. ३:९; प्रका. १४:६, ७.

दिनहुँ भेट्‌ने मानिसहरूलाई प्रचार गर्न हरेक मौकाको सदुपयोग गर्न सक्नुहुन्छ कि?

हामी डरलाग्दो समयमा बाँचिरहेका छौं भनेर मानिसहरूलाई बुझाउने सुअवसर तपाईंले पाउनुभएको छ। तिनीहरूले आफ्नो स्वार्थको पछि लाग्न छोडेर यहोवाको सेवा सुरु गर्नुपर्छ। (सप. २:२, ३) सहकर्मी, छिमेकी र दिनहुँ भेट्‌ने मानिसहरूलाई प्रचार गर्न हरेक मौकाको सदुपयोग गर्न सक्नुहुन्छ कि? अरूलाई चेतावनी दिन अझ धेरै गर्न सक्नुहुन्छ कि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने