प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जुलाई पृ. ३२
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • प्राचीनहरू, धार्मिकताका साथ न्याय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • प्राचीनहरू परमेश्‍वरका बगालसित कोमलताकासाथ व्यवहार गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जुलाई पृ. ३२

पाठकहरूको प्रश्‍न

यदि विपरीत लिङ्‌गका दुई अविवाहित ख्रीष्टियनले अनुचित अवस्थामा सँगै रात बिताएमा के त्यो न्यायिक कारबाही गर्नुपर्ने पाप हो?

एउटा घरको अगाडि राती दुई वटा गाडी पार्किङ गरेर राखिएको

हो, यदि कुनै बाध्यात्मक परिस्थिति वा सँगै बस्नुपर्ने जायज कारण थिएन भने ती दुईले अवैध यौनसम्बन्ध हुन सक्ने वातावरणबीच रात बिताएको हुनाले त्यसको आधारमा न्यायिक समिति खडा गरिन्छ।—१ कोरि. ६:१८.

एल्डरहरूको निकायले प्रत्येक अवस्थाको राम्ररी छानबिन गरिसकेपछि न्यायिक समिति गठन गर्नुपर्छ कि पर्दैन भनेर निर्णय गर्नेछ। जस्तै: के तिनीहरूबीच रोमान्टिक सम्बन्ध थियो? के तिनीहरूले एकअर्कासित गर्ने गरेको व्यवहारको कारण पहिला पनि सल्लाह पाइसकेका छन्‌? तिनीहरूले सँगै रात बिताउनुपर्ने परिस्थिति कसरी सृजना भयो? के तिनीहरूले सँगै रात बिताउने योजना पहिल्यै बनाइसकेका थिए? के तिनीहरूसित अरू कुनै विकल्प थियो वा अचानक आइपरेको परिस्थिति अथवा आपत्‌कालीन अवस्थाले गर्दा अरू कुनै विकल्प नभएकोले सँगै रात बिताउनुपर्ने बाध्यात्मक परिस्थिति थियो कि? (उप. ९:११) त्यहाँ सुत्ने ठाउँको कस्तो प्रबन्ध मिलाइएको थियो? हरेक मामिला परिस्थितिअनुसार फरक हुने भएकोले एल्डरहरूले त्यससित सम्बन्धित अरू कुरा पनि विचार गर्नुपर्ने हुन सक्छ।

सबै तथ्य विचार गरिसकेपछि न्यायिक समिति खडा गर्नुपर्छ कि पर्दैन भनेर एल्डरहरूको निकायले निर्णय गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने