प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 जनवरी पृ. २०-२५
  • एउटा साधारण उत्सवबाट स्वर्गका राजाबारे के सिक्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा साधारण उत्सवबाट स्वर्गका राजाबारे के सिक्न सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुको नम्रता
  • येसुको साहस
  • येसुको प्रेम
  • सिकेका यी कुराहरू मनमा ठप्प राख्नुहोस्‌
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • प्रभुको साँझको भोज किन मनाउने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवा र येसुले तपाईँलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 जनवरी पृ. २०-२५

अध्ययन लेख ४

एउटा साधारण उत्सवबाट स्वर्गका राजाबारे के सिक्न सक्छौँ?

“यो मेरो शरीरको प्रतीक हो। . . . यो मेरो रगतको प्रतीक हो।”—मत्ति २६:२६-२८.

गीत १६ यहोवा र उहाँको पुत्रको प्रशंसा

परिचयa

१-२. (क) येसुले आफ्नो मृत्युको स्मरणार्थ उत्सव सरल तरिकामा मनाउन सकिनेगरि स्थापना गर्नुहुने थियो भनेर हामी किन आशा गर्न सक्छौँ? (ख) येसुका कस्ता गुणहरूबारे हामी विचार गर्नेछौँ?

ख्रिष्टको मृत्युको वार्षिक उत्सव कसरी मनाइन्छ, के तपाईँ बताउन सक्नुहुन्छ? प्रभुको साँझको भोजमा के-के हुन्छ भनेर हामीमध्ये धेरैले पक्कै सम्झन सक्छौँ। किन? किनभने यो उत्सव सरल किसिमले मनाइन्छ। तर यो एउटा महत्त्वपूर्ण उत्सव हो। त्यसैले हाम्रो मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ, ‘यस्तो महत्त्वपूर्ण उत्सव किन एकदमै सरल किसिमले मनाइन्छ?’

२ येसुले पृथ्वीमा सेवा गर्नुहुँदा उहाँ महत्त्वपूर्ण सत्यहरू सरल, स्पष्ट र सजिलै बुझिनेगरि सिकाउने व्यक्‍ति भनेर चिनिनुहुन्थ्यो। (मत्ति ७:२८, २९) त्यसैगरि उहाँले आफ्नो मृत्युको स्मरणार्थb उत्सव सरल तर अर्थपूर्ण तरिकामा मनाउने प्रबन्ध मिलाउनुभयो। यस स्मरणार्थ उत्सवबारे अनि येसुले भन्‍नुभएका र गर्नुभएका केही कुराबारे गहिरिएर विचार गरौँ। त्यसो गऱ्‍यौँ भने येसुको नम्रता, साहस र प्रेमबारे अझ धेरै कुरा बुझ्नेछौँ अनि हामी कसरी अझ राम्ररी उहाँको अनुकरण गर्न सक्छौँ, त्यो पनि सिक्नेछौँ।

येसुको नम्रता

प्रभुको साँझको भोजमा येसु रोटी बाँड्‌दै, आफ्नो जीवन अर्पण गर्दै र स्वर्गमा शासन गर्दै

स्मरणार्थ उत्सवमा प्रतीकस्वरूप चलाइने रोटी र दाखमद्यले येसुले हाम्रो निम्ति आफ्नो जीवन अर्पण गर्नुभएको र अहिले राजाको रूपमा स्वर्गमा शासन गरिरहनुभएको कुरालाई सम्झाउँछ (अनुच्छेद ३-५ हेर्नुहोस्‌)

३. मत्ति २६:२६-२८ अनुसार येसुले स्थापना गर्नुभएको स्मरणार्थ उत्सव कत्तिको सरल थियो अनि उहाँले प्रयोग गर्नुभएको दुइटा साधारण कुरा केको प्रतीक थियो?

३ येसुले आफ्ना ११ जना वफादार प्रेषितसित हुनुहुँदा आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुभयो। उहाँले निस्तार चाड मनाइसकेपछि बाँकी रहेको खानेकुरा प्रयोग गरेर सरल तरिकामा स्मरणार्थ उत्सव मनाउनुभयो। (मत्ति २६:२६-२८ पढ्‌नुहोस्‌) त्यसको लागि उहाँले त्यहाँ भएको अखमिरा रोटी र दाखमद्य मात्र चलाउनुभयो। त्यो दुइटा साधारण कुरा उहाँको त्रुटिरहित शरीर र रगतको प्रतीक हो र उहाँले त्यो चाँडै तिनीहरूको खातिर चढाउनुहुने थियो भनेर आफ्ना प्रेषितहरूलाई बताउनुभयो। यो नयाँ र महत्त्वपूर्ण उत्सव येसुले यति साधारण किसिमले मनाउनुभएकोमा प्रेषितहरू छक्क परेनन्‌ होला। किन?

४. येसुले मार्थालाई दिनुभएको सल्लाहबाट उहाँले स्मरणार्थ उत्सव सरल तरिकाले मनाउनुको कारण बुझ्न कसरी मदत पाउँछौँ?

४ केही महिनाअघि के भएको थियो, विचार गर्नुहोस्‌। पृथ्वीमा सेवा गर्नुभएको तेस्रो वर्षमा येसु आफ्ना घनिष्ठ साथीहरू लाजरस, मार्था र मरियमलाई भेट्‌न तिनीहरूको घर जानुभएको थियो। त्यहाँ साथीहरूसित आरामले बसिरहनुभएको बेला उहाँले सिकाउन थाल्नुभयो। मार्था त्यहीँ थिइन्‌ तर तिनी आफ्नो विशेष पाहुनाको लागि भव्य भोज तयार पार्नमै व्यस्त भइन्‌। यो देखेर येसुले तिनलाई दयालु ढङ्‌गमा सच्याउनुभयो अनि सधैँ भव्य भोज तयार पार्नु आवश्‍यक छैन भनेर बुझ्न मदत गर्नुभयो। (लुका १०:४०-४२) पछि आफ्नो जीवन बलिदान दिनुभन्दा केही घण्टाअघि उहाँ आफैले पनि यही कुरा लागू गर्नुभयो। उहाँले स्मरणार्थ उत्सव सरल तरिकाले मनाउनुभयो। यसले येसुबारे के प्रकट गर्छ?

५. यो उत्सव सरल तरिकामा मनाइएको कुराले येसुबारे के प्रकट गर्छ र यो फिलिप्पी २:५-८ सित कसरी मेल खान्छ?

५ येसुले भन्‍नुभएका र गर्नुभएका सबै कुराले उहाँ नम्र हुनुहुन्थ्यो भनेर देखाउँछ। त्यसैले आफ्नो मृत्युको अघिल्लो रात उहाँले नम्रताको उत्कृष्ट उदाहरण बसाल्नुभयो। यो कुनै छक्कलाग्दो कुरा होइन। (मत्ति ११:२९) उहाँले मानव इतिहासकै सबैभन्दा उत्तम बलिदान चढाउन लाग्नुभएको थियो अनि यहोवाले उहाँलाई फेरि जीवित पारेर स्वर्गमा राजाको रूपमा नियुक्‍त गर्नुहुनेछ भनेर उहाँलाई थाह थियो। तैपनि उहाँले आफ्नो मृत्युको सम्झना गर्न भव्य उत्सव मनाउने आज्ञा दिएर आफूतर्फ अनावश्‍यक ध्यान खिच्नुभएन। बरु उहाँले आफ्ना चेलाहरूलाई वर्षको एक पटक सरल तरिकामा यो उत्सव मनाएर उहाँको सम्झना गर्न भन्‍नुभयो। (युह. १३:१५; १ कोरि. ११:२३-२५) येसुले यो उत्सव सरल तर उपयुक्‍त तरिकामा मनाउनुभएको कुराले उहाँ घमन्डी हुनुहुन्‍न थियो भनेर देखाउँछ। स्वर्गमा बस्नुहुने हाम्रा राजाका उत्कृष्ट गुणहरूमध्ये नम्रता पनि हो भनेर थाह पाउँदा हामीलाई खुसी लाग्छ।—फिलिप्पी २:५-८ पढ्‌नुहोस्‌।

६. परीक्षाको सामना गर्दा हामी कसरी येसुको नम्रताको अनुकरण गर्न सक्छौँ?

६ हामी कसरी येसुको नम्रताको अनुकरण गर्न सक्छौँ? आफ्नो भन्दा अरूको कुरालाई ध्यान दिएर। (फिलि. २:३, ४) येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम रातको कुरा फेरि विचार गर्नुहोस्‌। येसुलाई आफूले चाँडै पीडादायी मृत्यु भोग्नुपर्नेछ भनेर थाह थियो। तैपनि उहाँ आफ्ना वफादार प्रेषितहरूबारे असाध्यै चिन्ता गर्दै हुनुहुन्थ्यो किनभने अब चाँडै उहाँको मृत्यु हुने थियो र तिनीहरू शोकित हुने थिए। त्यसैले उहाँले त्यो अन्तिम रात तिनीहरूलाई निर्देशन, प्रोत्साहन र आश्‍वासन दिएर बिताउनुभयो। (युह. १४:२५-३१) येसुले आफ्नो लागि नभई अरूको लागि चिन्ता गरेर आफू नम्र भएको देखाउनुभयो। हाम्रो लागि उहाँले कत्ति राम्रो उदाहरण बसाल्नुभयो!

येसुको साहस

७. स्मरणार्थ उत्सव स्थापना गर्नुभएको केही समयमै येसुले कसरी असामान्य साहस देखाउनुभयो?

७ स्मरणार्थ उत्सव स्थापना गर्नुभएको केही समयमै येसुले असामान्य साहस देखाउनुभयो। कसरी? आफ्नो बुबाको इच्छा पूरा गर्दा उहाँलाई ईश्‍वरनिन्दा गरेको अपमानजनक आरोप लगाइनेछ अनि मृत्युदण्ड दिइनेछ भनेर थाह भए तापनि उहाँ त्यसो गर्नदेखि पछि हट्‌नुभएन। (मत्ति २६:६५, ६६; लुका २२:४१, ४२) यहोवाको नाम महिमित पार्न, परमेश्‍वरको सार्वभौमिकतालाई समर्थन गर्न अनि पश्‍चात्तापी मानिसहरूको लागि सधैँभरि बाँच्ने जीवनको ढोका खोलिदिन उहाँले आफ्नो सत्यनिष्ठा अलिकति पनि ढलपल हुन दिनुभएन। साथै उहाँले आफ्ना अनुयायीहरूले छिट्टै भोग्नुपर्ने परीक्षाको लागि तिनीहरूलाई तयार पार्नुभयो।

८. (क) येसुले आफ्ना वफादार प्रेषितहरूलाई कस्तो आग्रह गर्नुभयो? (ख) येसुको मृत्यु भइसकेपछि पनि चेलाहरूले कसरी साहस देखाइरहे?

८ येसुले आफ्नो चिन्ता-फिक्रीमा ध्यान नदिई आफ्ना वफादार प्रेषितहरूको आवश्‍यकतामा ध्यान केन्द्रित गरेर पनि साहस देखाउनुभयो। येसुले यहुदालाई पठाउनुभएपछि सरल तरिकामा स्थापना गर्नुभएको उत्सवले उहाँका अभिषिक्‍त अनुयायीहरूलाई उहाँले बगाउनुभएको रगतबाट प्राप्त हुने लाभहरू र नयाँ करारको भागीदार हुनुका लाभहरूबारे सम्झना गराउने थियो। (१ कोरि. १०:१६, १७) तिनीहरूले आफूलाई स्वर्गीय बोलावटको लागि योग्य साबित गर्न सकून्‌ भनेर येसुले उहाँ र उहाँको बुबाले तिनीहरूबाट के आशा गर्नुहुन्छ भनेर बताउनुभयो। (युह. १५:१२-१५) तिनीहरूले भविष्यमा सामना गर्नुपर्ने परीक्षाबारे पनि येसुले बताउनुभयो। त्यसपछि आफूले बसालेको उदाहरणअनुसार चल्न उहाँले तिनीहरूलाई यस्तो आग्रह गर्नुभयो: “साहसी होओ!” (युह. १६:१-४क, ३३) धेरै वर्षपछिसम्म पनि चेलाहरूले येसुको आत्मत्यागी मनोभावको अनुकरण गरिरहेका थिए र साहस देखाइरहेका थिए। हुनत त्यसो गर्दा तिनीहरूले दुःख भोग्नुपऱ्‍यो तैपनि तिनीहरूले एकअर्कालाई विभिन्‍न परीक्षाको सामना गर्न मदत गरे।—हिब्रू १०:३३, ३४.

९. साहस देखाउने सन्दर्भमा हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

९ त्यसैगरि, आज हामी पनि येसुको साहसको अनुकरण गर्छौँ। उदाहरणको लागि, विश्‍वासको खातिर सतावट भोगिरहेका हाम्रा दाजुभाइ दिदीबहिनीलाई मदत गर्न साहस चाहिन्छ। कहिलेकाहीँ हाम्रा दाजुभाइ दिदीबहिनीलाई अन्यायपूर्ण तरिकामा झ्यालखानामा हालिन सक्छ। त्यस्तो बेला हामीले तिनीहरूलाई मदत गर्न सकेजति सबै गर्नुपर्छ, तिनीहरूको पक्षमा बोल्न पनि तयार हुनुपर्छ। (फिलि. १:१४; हिब्रू १३:१९) येसुको अनुकरण गर्ने अर्को तरिका “साहसी भई” निरन्तर प्रचार गरेर हो। (प्रेषि. १४:३) मानिसहरूले हाम्रो विरोध गर्लान्‌ र हामीलाई सताउलान्‌। तैपनि हामी येसुजस्तै राज्यको सन्देश प्रचार गर्न छोड्‌दैनौँ। तर कहिलेकाहीँ हामीलाई आफूसित साहस नभएको जस्तो लाग्न सक्छ। यस्तो बेला हामी के गर्न सक्छौँ?

१०. स्मरणार्थ उत्सवअघिका हप्ताहरूमा हामीले के गर्नुपर्छ र किन?

१० ख्रिष्टको फिरौतीको बलिदानले गर्दा आफूले पाएको आशाबारे सोचेर हामी आफ्नो साहस बढाउन सक्छौँ। (युह. ३:१६; एफि. १:७) स्मरणार्थ उत्सवअघिका हप्ताहरूमा फिरौतीको लागि कृतज्ञ भएको देखाउने विशेष मौका हामीसित छ। त्यसबेला स्मरणार्थ बाइबल पढाइ गरेर अनि येसुको मृत्युअघि र पछि भएका घटनाहरूबारे गहिरिएर मनन गरेर हामी आफ्नो कृतज्ञता अझ बढाउन सक्छौँ। त्यसपछि हामी प्रभुको साँझको भोजको लागि भेला हुँदा स्मरणार्थमा चलाइने प्रतीकहरूको महत्त्व अनि ती प्रतीकहरूले चित्रण गर्ने येसुको अतुलनीय बलिदानबारे अझ राम्ररी बुझ्न सक्नेछौँ। येसु र यहोवाले हाम्रो लागि जे गर्नुभएको छ, त्यसको लागि कृतज्ञ भयौँ र त्यसबाट हामीले र हाम्रा प्रियजनहरूले कस्तो लाभ उठाउन सक्छौँ भनेर मनन गऱ्‍यौँ भने हाम्रो आशा अझ बलियो हुनेछ अनि हामी साहसी भई अन्तसम्म सहिरहने उत्प्रेरणा पाउनेछौँ।—हिब्रू १२:३.

११-१२. यहाँसम्म हामीले के सिक्यौँ?

११ यहाँसम्म आइपुग्दा प्रभुको साँझको भोजले येसुले तिर्नुभएको अनमोल फिरौतीबारे मात्र होइन, उहाँले देखाउनुभएको उत्कृष्ट गुण नम्रता र साहसबारे पनि सम्झना गराउँछ भनेर हामीले सिक्यौँ। हाम्रो निम्ति बिन्ती गर्नुहुने हाम्रो प्रधानपुजारी येसु, जो स्वर्गमा बस्नुहुन्छ, उहाँले यी गुणहरू देखाइरहनुभएकोमा हामी उहाँप्रति कत्ति आभारी हुन सक्छौँ! (हिब्रू ७:२४, २५) हाम्रो मनैदेखिको कृतज्ञता व्यक्‍त गर्न हामीले येसुले आज्ञा गर्नुभएझैँ वफादार भई उहाँको मृत्युको सम्झना गर्नुपर्छ। (लुका २२:१९, २०) हामी यो उत्सव निसान १४ को दिनमा मनाउँछौँ र यो वर्षको सबैभन्दा महत्त्वपूर्ण दिन हो।

१२ प्रभुको साँझको भोज सरल तरिकामा मनाइएको कुराबाट येसुको अर्को गुणबारे सिक्न सक्छौँ, जुन गुणले उहाँलाई हाम्रो निम्ति जीवन अर्पण गर्न उत्प्रेरित गऱ्‍यो। उहाँ पृथ्वीमा हुनुहुँदा यही गुणले चिनिनुभयो। त्यो कुन गुण थियो?

येसुको प्रेम

१३. यहोवा र येसुले देखाउनुभएको प्रेमबारे युहन्‍ना १५:९; १ युहन्‍ना ४:८-१० मा के बताइएको छ? उहाँहरूले देखाउनुभएको प्रेमबाट क-कसले लाभ उठाउँछन्‌?

१३ येसुले गर्नुभएको सबै कामबाट उहाँ हामीलाई आफ्नो बुबाले जस्तै गहिरो प्रेम गर्नुहुन्छ भन्‍ने कुरा देखिन्छ। (युहन्‍ना १५:९; १ युहन्‍ना ४:८-१० पढ्‌नुहोस्‌) सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो निम्ति आफ्नो जीवन अर्पण गर्न येसु मनैदेखि उत्प्रेरित हुनुभयो। हामी अभिषिक्‍त ख्रिष्टियन हौँ वा “अरू भेडा,” यहोवा र उहाँको छोरा येसुले यस बलिदानमार्फत हाम्रो निम्ति देखाउनुभएको प्रेमबाट लाभ उठाउन सक्छौँ। (युह. १०:१६; १ युह. २:२) स्मरणार्थ उत्सवमा प्रयोग गरिने कुराहरूबारे पनि सोच्नुहोस्‌ त। यसले पनि चेलाहरूप्रति येसुको प्रेम र तिनीहरूप्रति उहाँ विचारशील हुनुभएको कुरा प्रकट गर्छ। कसरी?

विभिन्‍न समयमा स्मरणार्थ उत्सव मनाइँदै

येसुले शताब्दियौँसम्म विभिन्‍न परिस्थितिमा सरल तरिकामा मनाउन सकिने स्मरणार्थ उत्सव स्थापना गर्नुभएर आफ्नो प्रेम प्रकट गर्नुभयो (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)c

१४. येसुले कसरी आफ्ना चेलाहरूप्रतिको प्रेम प्रकट गर्नुभयो?

१४ येसुले जटिल किसिमको नभई सरल किसिमको उत्सव स्थापना गर्नुभएर आफ्ना अभिषिक्‍त अनुयायीहरूप्रतिको प्रेम प्रकट गर्नुभयो। समय बित्दै जाँदा ती अभिषिक्‍त चेलाहरूले स्मरणार्थ उत्सव हरेक वर्ष मनाउनुपर्थ्यो। तिनीहरूले विभिन्‍न परिस्थितिमा त्यो उत्सव मनाउनुपर्ने हुन्थ्यो, झ्यालखानामा हुँदा समेत। (प्रका. २:१०) के तिनीहरूले येसुको यो आज्ञा पालन गर्न सके? पक्कै सके!

१५-१६. गाह्रो परिस्थितिमा पनि कसै-कसैले कसरी प्रभुको साँझको भोज मनाउन सकेका छन्‌?

१५ प्रथम शताब्दीदेखि अहिलेसम्म साँचो ख्रिष्टियनहरूले येसुको मृत्युको सम्झना गर्न निकै प्रयास गरेका छन्‌। प्रभुको साँझको भोज जसरी मनाइएको थियो, त्यसरी नै मनाउन तिनीहरूले सक्दो कोसिस गरेका छन्‌। कहिलेकाहीँ गाह्रो अवस्था आइपरे पनि तिनीहरूले त्यसै गरेका छन्‌। केही उदाहरण विचार गर्नुहोस्‌। भाइ ह्‍यारोल्ड किङलाई चीनको झ्यालखानाको एकान्त कारावासमा राखिँदा उहाँले स्मरणार्थ उत्सव मनाउन एउटा जुक्‍ति निकाल्नुपऱ्‍यो। उहाँले आफूसित जे थियो, त्यसैबाट लुकीछिपी स्मरणार्थका प्रतीकहरू बनाउनुभयो। उहाँले स्मरणार्थ उत्सव कुन दिनमा पर्छ भनेर पनि निकै विचार पुऱ्‍याएर हिसाब गर्नुभयो। स्मरणार्थ उत्सव मनाउने बेला भएपछि उहाँले एक्लै कालकोठरीमा गीत गाउनुभयो, प्रार्थना गर्नुभयो अनि बाइबलआधारित भाषण दिनुभयो।

१६ अर्को उदाहरण विचार गरौँ। दोस्रो विश्‍वयुद्धको दौडान कैदमा परेका केही बहिनीहरूले आफ्नो ज्यान जोखिममा हालेर यातना शिविरमा प्रभुको साँझको भोज मनाए। स्मरणार्थ उत्सव सरल तरिकामा मनाइने भएकोले तिनीहरूले अरूले नदेख्नेगरि यो उत्सव मनाउन सके। तिनीहरूले यसो भने: “हामी घेरा बनाएर नजिक-नजिक उभियौँ अनि बीचमा एउटा पाउदान राख्यौँ। त्यसमाथि सेतो टेबुलपोस र प्रतीकहरू राख्यौँ। हामीले मैनबत्ती बाल्यौँ किनभने बिजुली बत्ती बाल्दा हामीले के गर्दै छौँ भनेर अरूले देख्न सक्थे। . . . हाम्रो बुबाको पवित्र नामलाई उच्च पार्न आफ्नो सारा बल लगाउने वाचा हामीले फेरि एक चोटि दृढतासाथ व्यक्‍त गऱ्‍यौँ।” कस्तो अतुलनीय विश्‍वास! गाह्रो अवस्थामा पनि सरल तरिकामा मनाउन सकिनेगरि स्मरणार्थ उत्सवको स्थापना गरेर येसुले हामीप्रतिको गहिरो प्रेम झल्काउनुभयो।

१७. हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ?

१७ स्मरणार्थको दिन नजिक-नजिक आउँदा हामीले आफैलाई यी प्रश्‍नहरू सोध्नु राम्रो हो, ‘म कसरी अझ राम्ररी येसुले जस्तै प्रेम देखाउन सक्छु? के म आफ्नो आवश्‍यकताभन्दा सङ्‌गी उपासकहरूको आवश्‍यकताबारे धेरै सोच्छु? के म भाइबहिनीबाट तिनीहरूले गर्न सक्नेभन्दा धेरै माग गर्छु वा तिनीहरूको सीमिततालाई विचार गर्छु?’ हामी सधैँ येसुको अनुकरण गरौँ र “एकअर्काको पीडा महसुस” गरौँ।—१ पत्रु. ३:८.

सिकेका यी कुराहरू मनमा ठप्प राख्नुहोस्‌

१८-१९. (क) हामी कुन कुरामा पक्का हुन सक्छौँ? (ख) तपाईँ के गर्न कटिबद्ध हुनुहुन्छ?

१८ येसुको मृत्युको स्मरणार्थ उत्सव मनाउन नपर्ने समय अब चाँडै आउँदै छ। येसु महासङ्‌कष्टको दौडान ‘आउनुहुँदा’ उहाँले “परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई” स्वर्गमा जम्मा गर्नुहुनेछ अनि त्यसपछि स्मरणार्थ उत्सव मनाइनेछैन।—१ कोरि. ११:२६; मत्ति २४:३१.

१९ स्मरणार्थ उत्सव मनाउन छोडिसकेपछि पनि यहोवाका जनहरूले यस सरल उत्सवको मीठो सम्झना गरिरहनेछन्‌ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौँ। यसले तिनीहरूलाई पृथ्वीमा छँदा येसुले देखाउनुभएको उत्कृष्ट नम्रता, साहस र प्रेमको सम्झना गराउनेछ। पहिला यो विशेष उत्सव मनाएकाहरूले त्यसबेला सबैको हितको लागि यस उत्सवबारे पक्कै सुनाउनेछन्‌। तर अहिले यस उत्सवबाट लाभ उठाउन हामी येसुको नम्रता, साहस र प्रेमको अनुकरण गर्न कटिबद्ध हुनुपर्छ। यसो गऱ्‍यौँ भने हामीले यहोवाबाट इनाम पाउनेछौँ भनेर ढुक्क हुन सक्छौँ।—२ पत्रु. १:१०, ११.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • स्मरणार्थ उत्सवले येसुको उत्कृष्ट नम्रताबारे के सिकाउँछ?

  • येसुले प्रभुको साँझको भोज स्थापना गरेलगत्तै कसरी असामान्य साहस देखाउनुभयो?

  • यस साधारण उत्सवबाट येसुले कसरी गहिरो प्रेम देखाउनुभयो?

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

a येसु ख्रिष्टको मृत्युको सम्झना गर्न हामी अब चाँडै प्रभुको साँझको भोजमा उपस्थित हुनेछौँ। यो साधारण उत्सवले येसुको नम्रता, साहस र प्रेमबारे धेरै कुरा सिकाउँछ। उहाँले देखाउनुभएका यी अनमोल गुणहरू कसरी अनुकरण गर्न सक्छौँ भनेर हामी यस लेखमा छलफल गर्नेछौँ।

b थप व्याख्या: स्मरणार्थ भनेको कुनै महत्त्वपूर्ण घटना वा व्यक्‍तिलाई सम्झन र सम्मान गर्न आयोजना गरिने विशेष अवसर हो।

c चित्रको व्याख्या: वफादार सेवकहरूले स्मरणार्थ उत्सव मनाएको पुनःअभिनय—प्रथम शताब्दीको मण्डलीमा; १९औँ शताब्दीको अन्ततिर; नाजी यातना शिविरमा; अहिले दक्षिण अमेरिकाको एउटा गर्मी देशको साधारण किसिमको खुला राज्यभवनमा।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने