प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या २ पृ. ४-५
  • हामीलाई ईश्‍वरको राज्य किन चाहिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई ईश्‍वरको राज्य किन चाहिन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानव शासन सुरु हुन्छ
  • कदम चाल्ने समय!
  • पृथ्वीको नयाँ शासक–परमेश्‍वरको राज्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको शासन सही ठहरियो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या २ पृ. ४-५
आदम र हव्वा अदनको बगैँचामा झरना हेर्दै छन्‌।

ईश्‍वरले शासन गर्नुहुँदा सम्पूर्ण सृष्टि एकतामा बाँधिएको थियो र तिनीहरूमाझ शान्ति छाएको थियो

हामीलाई ईश्‍वरको राज्य किन चाहिन्छ?

मानव इतिहासको सुरुवातमा सृष्टिकर्ता मात्र शासक हुनुहुन्थ्यो। उहाँको नाम यहोवा हो। उहाँले मायालु तरिकामा शासन गर्नुहुन्थ्यो। उहाँले मानिसजातिलाई अदनको बगैँचा भनिने सुन्दर ठाउँमा राख्नुभयो अनि प्रशस्त खानेकुरा पनि दिनुभयो। उहाँले तिनीहरूलाई महत्त्वपूर्ण काम पनि दिनुभयो। (उत्पत्ति १:२८, २९; २:८, १५) ईश्‍वरको मायालु शासनको अधीनमा बसेको भए मानिस शान्तिमय अवस्थामा बाँच्न सक्थ्यो।

आदम हव्वाले दिएको निषेधित फल समाउँदै

पहिलो मानव दम्पतीले ईश्‍वरलाई आफ्नो शासकको रूपमा स्विकारेनन्‌

बाइबलले बताएअनुसार एक जना विद्रोही स्वर्गदूतले ईश्‍वरको शासन गर्ने अधिकारमाथि प्रश्‍न खडा गर्ने दुस्साहस गऱ्‍यो। त्यसलाई पछि सैतान र दियाबल भनियो। त्यसले मानिसहरू ईश्‍वरको डोऱ्‍याइ र शासनविना खुसी हुन सक्छन्‌ भनेर दाबी गऱ्‍यो। दुःखको कुरा, हाम्रो प्रथम बुबा आदम र आमा हव्वाले सैतानको देखासिकी गरे अनि ईश्‍वरको शासन गर्ने अधिकार स्विकार्न नचाहेको देखाए।—उत्पत्ति ३:१-६; प्रकाश १२:९.

आदम र हव्वाले ईश्‍वरलाई आफ्नो शासकको रूपमा नस्विकारेकाले तिनीहरूले सुन्दर बगैँचारूपी घर र स्वस्थ भएर सधैँभरि बाँच्ने आशा गुमाउनुपऱ्‍यो। (उत्पत्ति ३:१७-१९) तिनीहरूको निर्णयले तिनीहरूको भावी सन्तानलाई पनि असर गऱ्‍यो। बाइबलले आदमले पाप गरेकोले “पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु” व्याप्त भयो भनेर बताउँछ। (रोमी ५:१२) “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको” छ र यो पनि पापले निम्त्याएको दुःखदायी नतिजा हो। (उपदेशक ८:९) हो, मानिसले मानिसमाथि शासन गर्दा सधैँ समस्या नै निम्तिन्छ।

मानव शासन सुरु हुन्छ

निम्रोद घमन्डी मुद्रामा उभिरहेका छन्‌। तिनको पछाडि मानिसहरूले भवन निर्माण गर्दै छन्‌।

निम्रोदले यहोवाको विरोध गरे

बाइबलमा उल्लेख गरिएको पहिलो मानव शासक निम्रोद हुन्‌। तिनले यहोवाको शासनाधिकारको विरोध गरेका थिए। निम्रोदको समयदेखि यता शक्‍तिशाली मानिसहरूले आफ्नो अख्तियारको दुरुपयोग गरेको पाइन्छ। लगभग ३,००० वर्षअघि बुद्धिमान्‌ राजा सुलेमानले वरपरको अवस्थाबारे यसो भने: “अत्याचारमा परेकाहरूको आँसु मैले देखेँ तर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन। अत्याचारीहरू शक्‍तिशाली थिए तर जो अत्याचारमा परेका थिए, तिनीहरूको पक्ष लिएर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन।”—उपदेशक ४:१.

आज पनि अवस्था यस्तै छ। सन्‌ २००९ मा संयुक्‍त राष्ट्र सङ्‌घको एउटा प्रकाशनमा खराब शासन व्यवस्था नै “हाम्रो समाजमा बढ्‌दो खराब कुराहरूको एउटा मुख्य जड हो” भनी लेखिएको थियो।

कदम चाल्ने समय!

हामीलाई असल शासक र असल सरकार चाहिन्छ। हाम्रो सृष्टिकर्ताले पनि त्यस्तै प्रतिज्ञा गर्नुभएको छ।

तस्बिरहरूको सङ्‌गालो: मानव शासनको नतिजा। १. एउटी एसियाली महिला रोइरहेको बच्चालाई बोकेर फोहोर बाटोमा बसिरहेकी छिन्‌। २. एक वृद्ध अस्पतालको शय्यामा। ३. युद्धभूमिमा सिपाहीहरू गोली हान्दै छन्‌। ४. रिसाइरहेका मानिसहरूको हूल ब्यानर समाएर नारा लगाउँदै छन्‌। ५. एक महिला र तिनकी छोरी घरको ढोकाबाहिर उभिरहेका छन्‌। ढोकाको सिसा फुटेको अवस्थामा छ। ६. प्रदूषित सहरभरि धुवाँ र बिजुलीको तारैतार छ।

सबैभन्दा राम्रो मानव सरकारले समेत मानिसहरूको गम्भीर समस्याहरूको समाधान गर्न सकेको छैन

ईश्‍वरले एउटा राज्य अर्थात्‌ सरकार स्थापना गर्नुभएको छ र त्यसले मानव सरकारको ठाउँ लिनेछ अनि “यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।” (दानिएल २:४४) थुप्रै मानिसले यही राज्यको लागि प्रार्थना गर्दै छन्‌। (मत्ति ६:९, १०) तर ईश्‍वर आफैले यो सरकार चलाउनुहुनेछैन। उहाँले एक जना योग्य व्यक्‍तिलाई शासक हुन रोज्नुभएको छ। त्यो व्यक्‍ति को हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने