प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 सेप्टेम्बर पृ. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • अख्तियार सम्बन्धी मसीही दृष्टिकोण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • परमेश्‍वरको शान्तिपूर्ण सरकार
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • “आनन्दित हुन्‌ ती मानिसहरू, जो निष्ठावान्‌ छन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 सेप्टेम्बर पृ. ३१
यहोवा पन्‍नाको सिंहासनमा विराजमान हुनुहुन्छ र उहाँको चारैतिर थुप्रै स्वर्गदूत उभिरहेका छन्‌। सिंहासनको वरिपरि चहकिलो ज्योति चम्किरहेको छ।

पाठकहरूको प्रश्‍न

उपदेशक ५:८ ले मानव शासकहरूलाई मात्र बुझाउँछ कि यहोवालाई पनि सङ्‌केत गर्छ?

यस पदमा लेखिएको कुरा सोचनीय छ: “यदि कुनै ठाउँमा एक जना अफिसरले गरिबमाथि थिचोमिचो गरेको वा अन्याय-अत्याचार गरेको तिमीले देख्यौ भने नआत्तिऊ। किनकि ऊभन्दा माथिल्लो दर्जाको अफिसरले उसको निगरानी गरिरहेको हुन्छ। त्यसैगरि त्यस अफिसरमाथि पनि अझै अरू अफिसर खटाइएका हुन्छन्‌।”—उप. ५:८.

मानिसहरूको नजरबाट हेर्ने हो भने यस पदले सरकारी अख्तियारवालाहरूलाई बुझाउँछ। तर अझ गहिरिएर सोच्ने हो भने यस पदले यहोवाबारे एउटा सत्य कुरा पनि बताउँछ, जसले हामीलाई सान्त्वना र ढाडस दिन्छ।

उपदेशक ५:८ ले त्यस्तो शासकबारे बताउँछ, जसले गरिबमाथि थिचोमिचो र अन्याय-अत्याचार गर्छ। तर त्यो शासकले आफूभन्दा माथिल्लो दर्जाको वा आफूले भन्दा धेरै अख्तियार पाएको शासकले आफ्नो निगरानी गरिरहेको हुन सक्छ भन्‍ने कुरा मनमा राख्नुपर्छ। अनि ती शासकको भन्दा पनि अझ ठूलो अख्तियार भएको शासकहरू पनि हुन सक्छन्‌। तर दुःखको कुरा, अख्तियार पाएका यी सबै मानव शासक भ्रष्ट हुन सक्छन्‌ अनि सर्वसाधारणले तिनीहरूबाट विभिन्‍न तरिकामा अन्याय भोग्छन्‌।

परिस्थिति जतिसुकै आशाविहीन देखिए तापनि यहोवाले मानव सरकारमा भएका शासकहरूको ‘निगरानी गरिरहनुभएको छ’ भनेर थाह पाउँदा हामी सान्त्वना पाउन सक्छौँ। हामी यहोवालाई पुकार्न सक्छौँ र आफ्नो भारी उहाँमा बिसाउन सक्छौँ। (भज. ५५:२२; फिलि. ४:६, ७) “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌, तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ” भनेर हामीलाई थाह छ।—२ इति. १६:९.

त्यसैले उपदेशक ५:८ ले बताएअनुसार सरकारी अख्तियारवालाहरूले आफूभन्दा पनि उच्च कोही छ भनेर कहिल्यै बिर्सनु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, यस पदले यहोवा सबैभन्दा उच्च, सर्वोच्च अख्तियारवाला हुनुहुन्छ भनेर हामीलाई सम्झाउँछ। अहिले उहाँ आफ्नो छोरा येसु ख्रिष्टमार्फत शासन गर्दै हुनुहुन्छ। सबै कुरामाथि निगरानी गरिरहनुभएको सर्वोच्च शासक यहोवा र उहाँको छोरा येसु पूर्णतया निष्पक्ष र न्यायी हुनुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने