प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp24 सङ्‌ख्या १ पृ. ३
  • सही र गलत: यसबारे खडा भएको एउटा प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही र गलत: यसबारे खडा भएको एउटा प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • हामी कसरी सही निर्णय गर्न सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
wp24 सङ्‌ख्या १ पृ. ३
अघिल्लो चित्रमा देखाइएका युवकले वनपालेसित मदत माग्दै छन्‌। उनले तिनलाई नक्सा देखाएर तिनको गन्तव्य पहाडको चुचुरोमा पुग्न कुन बाटो जाने भनेर बताउँदै छिन्‌।

सही र गलत: यसबारे खडा भएको एउटा प्रश्‍न

तपाईँ पहिला कहिल्यै नजानुभएको ठाउँमा जाँदै हुनुहुन्छ भने के गर्नुहुनेछ?

  1. १. आफूलाई जुन बाटो ठीक लाग्छ, त्यही बाटो जाने।

  2. २. अरूलाई सही बाटो थाह होला भन्ठानेर तिनीहरूलाई पछ्याउने।

  3. ३. कुनै भरपर्दो गाइडको मदत लिने। जस्तै: जिपिएस, नक्सा वा त्यस ठाउँबारे राम्रो ज्ञान भएको साथी।

हामीले पहिलो वा दोस्रो तरिका रोज्यौँ भने आफू जान चाहेको ठाउँमा पुग्न सक्दैनौँ होला। तर तेस्रो तरिका रोज्यौँ भने हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ भनेर ढुक्क हुन सक्छौँ।

हाम्रो जीवन एउटा यात्रा हो र त्यसले हामीलाई उज्ज्वल भविष्यतर्फ डोऱ्‍याएको चाहन्छौँ। तर हामी त्यस गन्तव्यमा पुग्छौँ कि पुग्दैनौँ भन्‍ने कुरा हामीले निर्णय गर्दा कहाँ डोऱ्‍याइ खोज्छौँ, त्यसमा भर पर्छ।

हामीले गर्ने सानो वा ठूलो सबै निर्णयले हामीलाई अनि हामीले माया गर्नेहरूलाई राम्रो वा नराम्रो प्रभाव पार्छ। कुनै-कुनै निर्णयले लामो समयसम्म असर गर्न सक्छ। हामीले गर्ने निर्णयहरूले हाम्रो नैतिक मूल्यमान्यता अर्थात्‌ सही र गलतप्रति हाम्रो दृष्टिकोण प्रकट गर्छ। हामीले यस्ता क्षेत्रहरूमा निर्णय गर्नुपर्ने हुन्छ:

  • यौन र वैवाहिक जीवन

  • इमानदारी, काम र पैसा

  • छोराछोरीको लालनपालन

  • अरूसित गर्ने व्यवहार

यी क्षेत्रहरूमा तपाईँले गर्ने निर्णयले तपाईँ र तपाईँको परिवारको भविष्य उज्ज्वल हुनेछ भनेर कसरी पक्का हुन सक्नुहुन्छ?

वास्तवमा हामी सबैको अगाडि यो प्रश्‍न खडा भएको छ: ‘सही र गलतको सन्दर्भमा निर्णय गर्नुपर्दा म कहाँ डोऱ्‍याइ पाउन सक्छु?’

ईश्‍वरको वचनले नैतिकताको सन्दर्भमा किन भरपर्दो डोऱ्‍याइ दिन सक्छ र यस वचनबाट तपाईँ कस्तो मदत पाउन सक्नुहुन्छ भन्‍ने कुरा यस पत्रिकाबाट बुझ्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने