प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 नोभेम्बर पृ. ३०
  • दुर्व्यवहारको सिकार भएका महिलाहरूको लागि मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुर्व्यवहारको सिकार भएका महिलाहरूको लागि मदत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • महिलाहरूको सुरक्षा—यसबारे ईश्‍वरको दृष्टिकोण
    थप लेखहरू
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 नोभेम्बर पृ. ३०
एक बहिनी एउटी महिलालाई “महिलाहरूको सुरक्षा—यसबारे ईश्‍वरको दृष्टिकोण” लेखको एक प्रति दिँदै छिन्‌।

दुर्व्यवहारको सिकार भएका महिलाहरूको लागि मदत

“संसारका लाखौँ महिला, युवती र बालिका दुर्व्यवहारको सिकार भइरहेका छन्‌। के तपाईँले पनि दुर्व्यवहार भोग्नुपरेको छ? ईश्‍वरले महिलाहरूको सुरक्षामा किन चासो राख्नुहुन्छ र त्यस्तो दुर्व्यवहारको अन्त्य गर्न के गर्नुहुनेछ, थाह पाउनुहोस्‌।”

यो कुरा jw.org मा प्रकाशित “महिलाहरूको सुरक्षा—यसबारे ईश्‍वरको दृष्टिकोण” लेखमा उल्लेख गरिएको थियो। उक्‍त लेखको अन्तमा भएको लिङ्‌क थिचेर तपाईँ त्यसको पि डि एफ (PDF) फाइल डाउनलोड गर्न सक्नुहुन्छ। अनि त्यसलाई छाप्न सक्नुहुन्छ र फोल्ड गरेर चार-पृष्ठे पर्चाजस्तो बनाउन सक्नुहुन्छ। अमेरिकाकी स्टेसी बहिनी यसो भन्छिन्‌, “मैले यस लेखका केही प्रतिहरू छापेँ। अनि म र अर्की एक बहिनी हाम्रो मण्डलीको इलाकामा पर्ने एउटा महिला आश्रय गृहमा ती पर्चाहरू दिन गयौँ।”

त्यो आश्रय गृहमा काम गर्ने एउटी महिलाले त्यहाँ बस्नेहरूलाई बाँड्‌नको लागि यो पर्चा अझ धेरै ल्याइदिन सक्नुहुन्छ कि भनेर सोधिन्‌। त्यसैले ती बहिनीहरूले यो पर्चाको ४० वटा प्रति र ३० वटा jw.org कार्ड त्यहाँ पठाए। पछि त्यस आश्रय गृहकी म्यानेजरले बाइबल अध्ययन कसरी गराइन्छ भनेर देखाइदिन आग्रह गरिन्‌।

स्टेसी र अर्को दुई जना बहिनीहरूले अर्को आश्रय गृहमा पनि यो पर्चाका पाँच वटा प्रतिहरू दिए अनि त्यहाँ काम गर्नेहरूले पनि अझ धेरै ल्याइदिन आग्रह गरे। एउटी महिलाले यसो भनिन्‌: “यो पर्चाले यहाँ बस्ने महिलाहरूलाई धेरै मदत गर्नेछ। यो हामीलाई चाहिएकै कुरा थियो।” ती बहिनीहरू फेरि त्यहाँ गए अनि केही महिलाहरूले बाइबल अध्ययन कसरी गराइन्छ भनेर बुझ्न चाहे। तिनीहरूमध्ये दुई जनाले त आउँदो सप्ताहन्त सभाभवनमा उपस्थित हुने इच्छा पनि व्यक्‍त गरे।

स्टेसी भन्छिन्‌: “यो लेख पढेकाहरूको राम्रो प्रतिक्रिया देखेर हामीलाई निकै खुसी लागेको छ। यो लेखलाई छापेर पर्चाजस्तै फोल्ड गर्न मिल्ने भएकोले प्रचारमा दिन पनि एकदमै सजिलो छ। यो पर्चा दुर्व्यवहार भोगेका महिलाहरूलाई राज्य सन्देश सुनाउने निकै राम्रो सामग्री हो। दुर्व्यवहारको सिकार भएका अझ धेरै महिलाहरूलाई सुसमाचार सुनाउँदा यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुभएको हेर्न हामी उत्सुक छौँ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने