प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 नोभेम्बर पृ. ३२
  • “आध्यात्मिक वरदान” प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आध्यात्मिक वरदान” प्रयोग गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • दिनदिनै एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उत्तम उपहारको खोजी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • आकर्षणशक्‍ति—मानिसको प्रशंसा वा परमेश्‍वरको महिमा?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 नोभेम्बर पृ. ३२

बाइबलको अभिव्यक्‍ति

“आध्यात्मिक वरदान” प्रयोग गर्नुहोस्‌

हामी सबैलाई भाइबहिनीहरूसित समय बिताउन निकै मन पर्छ। तर एकअर्काबाट प्रोत्साहन पाउन सँगै समय बिताउनु मात्र पर्याप्त छैन। बाइबलमा एकअर्काको विश्‍वास बलियो बनाउन सक्ने हाम्रो क्षमतालाई “आध्यात्मिक वरदान” भनिएको छ। (रोमी १:११, १२) त्यसोभए हामी आफूसित भएको यो वरदान कसरी प्रयोग गर्न सक्छौँ?

आफ्नो बोलीद्वारा प्रोत्साहन दिनुहोस्‌। उदाहरणको लागि, हामी सभामा टिप्पणीहरू दिन सक्छौँ तर टिप्पणी दिँदा हामीले आफूमा नभई यहोवा, उहाँको वचन र उहाँका जनहरूतर्फ ध्यान खिच्नुपर्छ। भाइबहिनीहरूसित हुँदा हाम्रो कुराकानी एकअर्काको विश्‍वास बलियो बनाउने किसिमको हुनुपर्छ।

आफ्नो निर्णय र कामद्वारा प्रोत्साहन दिनुहोस्‌। उदाहरणको लागि, कसै-कसैले चुनौतीहरूको बाबजुद पूर्ण-समय सेवामा लागिरहने छनौट गरेका छन्‌। कोही-कोही भने कामको व्यस्तता वा स्वास्थ्य समस्याको बाबजुद मध्यहप्ताको सभामा समेत नियमित रूपमा उपस्थित हुन्छन्‌।

के तपाईँ आफ्नो बोली र कामद्वारा भाइबहिनीलाई प्रोत्साहन दिनुहुन्छ? अनि अरूले पनि तपाईँको खातिर यस्ता आध्यात्मिक वरदान प्रयोग गर्दा के तपाईँ त्यो याद गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने