प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख १८
  • कम खर्चमा कसरी गुजारा टार्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कम खर्चमा कसरी गुजारा टार्ने
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १. परिवर्तनलाई स्विकार्नुहोस्‌।
  • २. परिवारसित मिलेर काम गर्नुहोस्‌।
  • ३. बजेट बनाउनुहोस्‌।
  • ४. गर्नै पर्ने खर्चहरूको सूचि बनाउनुहोस्‌ अनि छाँटकाँट गर्नुहोस्‌।
  • ५. आध्यात्मिक कुराहरूमा ध्यान दिनुहोस्‌।
  • २ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
  • बुद्धिमानीपूर्वक पैसाको प्रयोग गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२५
  • पैसाको सदुपयोग कसरी गर्ने?
    सुखी परिवार तर कसरी?
  • आफ्नो औकातअनुसार जिउने—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख १८
आमाबुबा घरखर्च कसरी चलाउने भनी छलफल गर्दै छन्‌ र छोराछोरी बाहिर खेल्दै छन्‌।

कम खर्चमा कसरी गुजारा टार्ने

के तपाईँलाई आर्थिक सङ्‌कट छाएकोले जीवनयापन गर्न धौधौ परेको छ अनि कम खर्चमा जीवन धान्‍न बाध्य हुनुभएको छ? महामारी, प्राकृतिक प्रकोप, राजनैतिक अस्थिरता वा सशस्त्र द्वन्द्वले गर्दा अर्थतन्त्र छिनभरमै डामाडोल हुन सक्छ। त्यस्तो कारणले एक्कासि काम गुमाउनुपर्दा तनाव हुन सक्छ। यस्तो बेला बाइबलमा पाइने व्यावहारिक बुद्धिले हामीलाई कम खर्चमा गुजारा टार्न मदत दिन्छ।

१. परिवर्तनलाई स्विकार्नुहोस्‌।

बाइबलको सिद्धान्त: ‘प्रशस्ततामा होस्‌ वा अभावमा, सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो मैले सिकेको छु।’—फिलिप्पी ४:१२.

हुनत तपाईँसित पहिलेभन्दा थोरै पैसा होला, तर नयाँ परिस्थितिअनुसार आवश्‍यक परिवर्तन गर्न सिक्न सक्नुहुन्छ। जति सक्दो चाँडो यस्तो परिवर्तनलाई स्विकारेर छाँटकाँट गर्नुभयो भने तपाईँ र तपाईँको परिवार अझ राम्ररी आफ्नो परिस्थितिसित जुझ्न सक्नुहुनेछ।

सरकारले वा अरू सङ्‌घ-संस्थाले कुनै राहतको प्रबन्ध मिलाएका हुन सक्छन्‌, त्यसबारे बुझ्नुहोस्‌। छिट्टै कदम चाल्नुहोस्‌ किनभने त्यस्तो राहत कार्यक्रम प्रायः सीमित समयको लागि हुन्छ।

२. परिवारसित मिलेर काम गर्नुहोस्‌।

बाइबलको सिद्धान्त: “सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ तर धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।”—हितोपदेश १५:२२.

अहिलेको परिस्थितिबारे आफ्नो जीवनसाथी वा छोराछोरीसित छलफल गर्नुहोस्‌। खुलस्त कुराकानी गर्दा तपाईँले परिवारको प्रत्येक सदस्यलाई अहिलेको परिस्थिति बुझ्न र आवश्‍यक छाँटकाँट स्विकार्न मदत दिन सक्नुहुनेछ। पूरै परिवार मितव्ययी हुँदा अनावश्‍यक खर्च जोगिनेछ अनि पैसा पनि बचत हुनेछ।

३. बजेट बनाउनुहोस्‌।

बाइबलको सिद्धान्त: ‘आफूसित खर्च छ कि छैन भनी पहिला हिसाब गर्नुहोस्‌।’—लुका १४:२८.

आफूसित भएको पैसा के-केमा खर्च भइरहेको छ भनेर हिसाब गर्नु यस्तो बेला अझ महत्त्वपूर्ण हुन्छ। सुरुमा, अहिलेको नयाँ परिस्थितिमा तपाईँको आम्दानी कति हुन्छ, त्यसको आधारमा बजेट बनाउनुहोस्‌। त्यसपछि, हालको नियमित मासिक खर्च र अन्य खर्चको सूचि बनाउनुहोस्‌। फजुल खर्च गर्न रोक्नुपर्छ भनेर थाह भए पनि हालसम्म हुँदै आएको खर्च भने सूचिमा समावेश गर्नुहोस्‌। सकेसम्म आकस्मिक खर्च वा भइपरी आउने परिस्थितिको लागि पनि मासिक रूपमा केही खर्च छुट्ट्याउने प्रयास गर्नुहोस्‌।

सुझाव: स-साना कुराहरूमा लागेको खर्च पनि सूचिमा समावेश गर्न नभुल्नुहोस्‌। यस्ता स-साना कुरामा अलि-अलि गर्दै कति धेरै खर्च भइरहेको हुन्छ, त्यो थाह पाउँदा तपाईँ छक्कै पर्नुहुनेछ। उदाहरणको लागि, खर्चको सूचि बनाइसकेपछि एक व्यक्‍तिले चुइङगमको लागि मात्र आफूले हरेक वर्ष सयौँ डलर खर्च गर्ने गरेको थाह पाए!

४. गर्नै पर्ने खर्चहरूको सूचि बनाउनुहोस्‌ अनि छाँटकाँट गर्नुहोस्‌।

बाइबलको सिद्धान्त: ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्‌।’—फिलिप्पी १:१०.

तपाईँको आम्दानी र खर्च दाँजेर हेर्नुहोस्‌। अहिलेको आम्दानी कम छ भने त्यसैअनुसार घर-व्यवहार चलाउन केही खर्च कटौती गर्न सकिन्छ कि, सोच्नुहोस्‌। निम्न क्षेत्रहरू विचार गर्नुहोस्‌:

  • सवारी-साधन। तपाईँसित एउटा भन्दा धेरै सवारीसाधन छ भने कुनै एउटा बेच्न सक्नुहुन्छ कि? महँगो मोडलको सवारीसाधन छ भने त्यो बेचेर ठिक्क मूल्यको किन्‍न सकिन्छ कि? सार्वजनिक यातायात वा साइकल प्रयोग गर्न सकिन्छ कि अथवा कुनै साधन नै नभए पनि हुन्छ कि?

  • मनोरञ्जन। शुल्क लाग्ने सुविधाहरू जस्तै; केबल टिभी वा इन्टरनेट केही समयको लागि बन्द गर्न सकिन्छ कि? अथवा कम शुल्क लाग्ने विकल्पहरू खोज्न सकिन्छ कि?

  • घरायसी सुविधाहरू। पानी, बिजुली र इन्धनको प्रयोग कसरी सक्दो कम गर्ने, परिवारसँग छलफल गर्नुहोस्‌। बत्ती निभाउने वा नुहाउने समय कम गर्ने जस्ता उपाय सामान्य लाग्न सक्छ तर त्यसले पनि खर्च जोगाउन टेवा पुऱ्‍याइरहेको हुन्छ।

  • खाना। रेस्टुराँमा खाने बानी कम गर्नुहोस्‌। त्यसको सट्टा घरमै पकाउनुहोस्‌। के खाना खाने भनेर योजना बनाउनुहोस्‌। सम्भव भएसम्म एकैचोटि धेरै खाना बनाउने गर्नुहोस्‌ र बचेको खाना फेरि प्रयोग गर्नुहोस्‌। जे देख्यो त्यो किन्‍ने बानी हटाउन किनमेल गर्न जानुअघि सूचि बनाउनुहोस्‌। सामान्यतया मौसमी खानेकुराहरू सस्तो हुने गर्छन्‌। साथै जङ्‌क फुड किन्‍ने बानी हटाउनुहोस्‌। उपयुक्‍त ठाउँ छ भने तपाईँ आफै सागसब्जी रोप्न सक्नुहुन्छ।

  • लुगाफाटा। नयाँ-नयाँ फेसनको लुगा किनिहाल्ने गर्नुको साटो आफ्नो लुगा पुरानो भएपछि मात्र किन्‍ने गर्नुहोस्‌। सिजनको अन्तमा सेलमा राखिने वा राम्रै खालका लुगाहरू पाइने सेकेन्ड ह्‍यान्ड पसलमा किनमेल गर्नुहोस्‌। मौसमले अनि आफ्नो परिस्थितिले साथ दिन्छ भने धोएको कपडा घाममा सुकाउने गर्नुहोस्‌। यसले गर्दा ड्रायर मेसिनको खर्च जोगिन्छ।

  • अन्य किनमेल: केही किन्‍नु अघि आफैलाई सोध्नुहोस्‌: ‘के मसित यो किन्‍ने पैसा छ? यो साँच्चै मलाई आवश्‍यक छ?’ नयाँ मोडलका इलेक्ट्रोनिक डिभाइस, घरायसी उपकरण वा गाडीहरू किन्‍नुको साटो केही समय अहिले भइरहेकै कुरामा चित्त बुझाउनु राम्रो हुन्छ कि? साथै, आफूले प्रयोग गर्न छोडेका वा नचाहिने सामानहरू बेच्न पो सकिन्छ कि? यसो गर्दा जीवन सरल हुन्छ अनि केही खर्च पनि जुटाउन सकिन्छ।

सुझाव: आम्दानी एक्कासि घटेको छ भने तपाईँलाई आफ्ना नराम्रा अनि खर्चिला बानीहरू त्याग्न थप प्रेरणा मिल्न सक्छ। जस्तै; सुर्तीजन्य पदार्थ सेवन गर्ने, जुवा-तास खेल्ने वा अचाक्ली रक्सी पिउने। यस्ता बानी त्याग्दा तपाईँलाई आर्थिक तवरमा फाइदा त हुन्छ नै, साथै तपाईँको जीवनस्तरमा पनि उन्‍नति हुनेछ।

५. आध्यात्मिक कुराहरूमा ध्यान दिनुहोस्‌।

बाइबलको सिद्धान्त: “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌।”—मत्ति ५:३.

बाइबलले यस्तो सन्तुलित सोचाइ राख्न सिकाउँछ: “जसरी रुपैयाँ-पैसाले सुरक्षा दिन्छ, त्यसरी नै बुद्धिले पनि सुरक्षा दिन्छ तर ज्ञान र बुद्धिले भने मानिसको जीवन बचाउँछ।” (उपदेशक ७:१२) यस्तो बुद्धि बाइबलमा पाइन्छ र थुप्रै मानिसले यसमा पाइने भरपर्दो डोऱ्‍याइअनुसार चल्दा आर्थिक समस्याले निम्त्याउने तनाव कम गर्न मदत पाएका छन्‌।—मत्ति ६:३१, ३२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने