हितोपदेश
२ हे मेरो छोरा, मेरो सल्लाह सुन्यौ
र मेरो आज्ञालाई अनमोल ठान्यौ भने,+
२ बुद्धिले भरिएका कुरामा कान थाप्यौ+
र समझशक्तितिर मन लगायौ भने+
३ अनि विवेक माग्यौ+
र समझशक्ति पाउन पुकाऱ्यौ भने+
४ चाँदी खोजेझैँ यी कुराहरू खोजिरह्यौ+
र गाडेको धन खनेझैँ खनिरह्यौ भने+
५ तिमीले यहोवाको डर मान्नुको अर्थ बुझ्नेछौ+
र उहाँको ज्ञान पाउनेछौ।+
६ किनकि बुद्धि दिने यहोवा नै हुनुहुन्छ;+
उहाँकै मुखबाट ज्ञान र समझशक्तिको कुरा निस्कन्छ।
८ उहाँले न्यायको मार्गमा हिँड्नेहरूको रक्षा गर्नुहुन्छ;
आफ्ना वफादार जनहरूको बाटोलाई सुरक्षित राख्नुहुन्छ।+
९ अनि तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,
हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।+
१० बुद्धि तिम्रो हृदयमा पस्दा+
अनि ज्ञान तिमीलाई* प्रिय हुँदा+
११ सोच्ने क्षमताले तिम्रो रक्षा गर्नेछ,+
समझशक्तिले तिमीलाई जोगाउनेछ,
१२ तिमीलाई गलत बाटोबाट
र छली कुरा गर्ने मानिसबाट बचाउनेछ;+
१३ सोझो बाटो छोडेर
अन्धकारको मार्गमा हिँड्नेहरूबाट,+
१४ गलत काम गर्न रमाउनेहरू
र दुष्कर्ममा खुसी हुनेहरूबाट,
१५ टेढो मार्गमा हिँड्नेहरू
र कुटिल चाल चल्नेहरूबाट,
१६ छाडा* आइमाईबाट
र चरित्रहीन* आइमाईको चिप्लो* बोलीबाट तिमीलाई बचाउनेछ,+
१७ जसले आफू तरुणी छँदाको प्रेमीलाई* त्याग्छे+
र परमेश्वरसित गरेको करार बिर्सन्छे;
१८ त्यसको घरमा जानेहरू मृत्युको मुखमा धकेलिन्छन्
र त्यसको मार्गले मृत्युतर्फ पुऱ्याउँछ।+
१९ त्यससित नाजायज सम्बन्ध राख्ने कोही फर्केर आउनेछैनन्;
तिनीहरूले फेरि जीवनको मार्ग भेट्टाउन सक्नेछैनन्।+
२० त्यसैले असल मानिसको बाटोमा हिँड
र धर्मीको बाटोलाई कहिल्यै नत्याग+
२१ किनकि सोझाहरू मात्र पृथ्वीमा बस्नेछन्