प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १७:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “जब तिमीहरू यहोवा परमेश्‍वरले दिनुहुने देश कब्जा गरेर त्यहाँ बसोबास गर्न थाल्छौ, तब तिमीहरूले यसो भनौला, ‘वरपरका जातिहरूले जस्तै हामी पनि आफ्नो लागि राजा नियुक्‍त गरौँ।’+ १५ त्यसो हो भने यहोवा परमेश्‍वरले जसलाई रोज्नुहुन्छ, उसैलाई राजा नियुक्‍त गर्नू।+ तिमीहरूले आफ्नै इस्राएली भाइबन्धुमध्ये एक जनालाई रोजेर राजा नियुक्‍त गर्नू। तिमीहरूले कोही विदेशी अर्थात्‌ गैर-इस्राएलीलाई आफ्नो राजा नियुक्‍त नगर्नू।

  • १ समुएल १०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर विपत्ति र सङ्‌कष्टबाट बचाउने आफ्ना परमेश्‍वरलाई आज तिमीहरूले तिरस्कार गरेका छौ।+ तिमीहरूले यसो भन्यौ: “होइन, हाम्रो लागि पनि एउटा राजा अभिषेक गर्नुहोस्‌।” अब तिमीहरू आ-आफ्नो कुलअनुसार र हजार-हजारको समूहअनुसार* यहोवा परमेश्‍वरसामु आओ।’”

  • १ इतिहास १:४३-५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ इस्राएलीहरूमाझ राजा नभएको बेला एदोममा+ भने राजाहरू थिए।+ ती राजाहरू यी थिए: बेअरका छोरा बेला; तिनी दिन्हाबाह सहरका थिए। ४४ बेलाको मृत्यु भएपछि बोज्राहमा+ बस्ने जेरहका छोरा योबाबले शासन गर्न थाले। ४५ योबाबको मृत्यु भएपछि तेमानीहरूको इलाकामा बस्ने हुसामले शासन गर्न थाले। ४६ हुसामको मृत्यु भएपछि बेददका छोरा हाददले शासन गर्न थाले। यिनी तिनै हादद थिए, जसले मोआबीहरूको इलाकामा मिद्यानलाई हराएका थिए। यिनी अविथ सहरका थिए। ४७ हाददको मृत्यु भएपछि मास्रेकाहमा बस्ने साम्लाहले शासन गर्न थाले। ४८ साम्लाहको मृत्यु भएपछि नदीनजिकै रेहोबोथ सहरमा बस्ने सावलले शासन गर्न थाले। ४९ सावलको मृत्यु भएपछि आक्बोरका छोरा बाआल-हानानले शासन गर्न थाले। ५० बाआल-हानानको मृत्यु भएपछि हाददले शासन गर्न थाले। हादद पाउ सहरका थिए र तिनकी पत्नीको नाम मेहेताबेल थियो। उनी मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिइन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने