-
लेवी ३:३-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ उसले मेलबलिका यी भागहरू यहोवा परमेश्वरको निम्ति आगोमा बलि चढाओस्:+ आन्द्राभुँडी ढाक्ने बोसो,+ आन्द्रासँगै टाँसिएको सबै बोसो, ४ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्।+ ५ हारुनको सन्तानले त्यसलाई वेदीको दाउरामा जलिरहेको अग्निभेटीमाथि राखेर जलाऊन्।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+
-
-
लेवी ७:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कसैले यहोवा परमेश्वरलाई चढाउन मेलबलि ल्याउँछ भने उसले त्यसको केही भाग यहोवा परमेश्वरलाई चढाओस्।+ ३० यहोवा परमेश्वरको निम्ति आगोमा जलाउन उसले त्यस जनावरको बोसो+ र ह्याकुला आफ्नो हातमा बोकेर ल्याओस्। अनि डोलाउने भेटीको*+ रूपमा यहोवा परमेश्वरसामु डोलाओस्।* ३१ पुजारीले बोसोजति वेदीमा जलाऊन्+ तर ह्याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+
-