-
गन्ती १५:२७-२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “‘कुनै व्यक्तिले अनजानमा पाप गऱ्यो भने उसले पापभेटीस्वरूप बाख्राको एक वर्षे पाठी चढाओस्।+ २८ अनि अनजानमा पाप गर्ने त्यस व्यक्तिको लागि पुजारीले यहोवा परमेश्वरसामु पापको प्रायश्चित गरिदेऊन् र उसले क्षमा पाओस्।+ २९ अनजानमा पाप गर्ने व्यक्ति चाहे इस्राएली होस् वा तिनीहरूमाझ बसोबास गरिरहेको विदेशी, दुवैलाई एउटै नियम लागू होस्।+
-