-
लेवी १२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर ऊसित भेडा चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा ल्याओस्;+ एउटा अग्निभेटीको निम्ति अनि अर्को पापभेटीको निम्ति। त्यसपछि पुजारीले उसको निम्ति प्रायश्चित गरिदेऊन् र ऊ शुद्ध हुनेछे।’”
-
-
लेवी १४:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “यदि ऊ गरिब छ र उसको औकातले दिँदैन भने आफ्नो प्रायश्चितको निम्ति दोषभेटी चढाउन र त्यसलाई डोलाउने भेटीको रूपमा डोलाउन उसले भेडाको एउटा निष्खोट पाठो ल्याओस्। साथै अन्नभेटीको निम्ति एपाको दस भागको एक भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस् अनि एक लग तेल ल्याओस्।
-