प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ कोरहका छोराहरू यी थिए: अस्सिर, एल्काना र अबिआसाप।+ कोरहका परिवार यी नै थिए।+

  • गन्ती २६:५८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५८ यिनीहरू सबै लेवीहरूका घराना थिए: लिब्नीहरूको घराना;+ हेब्रोनीहरूको घराना;+ महलीहरूको घराना;+ मुसीहरूको घराना;+ कोरहीहरूको घराना।+

      कोहातबाट अम्रामको जन्म भयो।+

  • भजन ४२:शिर बेहोरा-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • निर्देशकलाई; कोरहवंशीको मास्किल।*+

      ४२ जसरी मृगले पानीको तिर्सना गर्छ,

      त्यसरी नै हे परमेश्‍वर, म तपाईँको तिर्सना गर्छु।

       २ परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति म तिर्खाउँछु।+

      उहाँसामु म कहिले देखा परूँला?+

       ३ दिनरात बगेको आँसुको धारा नै मेरो भोजन भएको छ;

      हरपल मानिसहरू गिल्ला गर्दै भन्छन्‌: “खै त तेरो ईश्‍वर?”+

       ४ ती दिनहरूको सम्झनाले मेरो मन कटक्क खान्छ,

      जब म मानिसहरूको जमातमा हिँड्‌थेँ,

      खुसी मनाउँदै अनि परमेश्‍वरको जयजयकार गर्दै,

      उत्सव मनाउने भीडसँग रमाउँदै

      परमेश्‍वरको घरमा तिनीहरूको अघिअघि म बिस्तारै जान्थेँ।+

       ५ म किन यत्ति निराश छु?+

      यो मन किन यत्ति व्याकुल छ?

      परमेश्‍वरमा आशा राख+

      किनकि अझै पनि म उहाँलाई महान्‌ उद्धारकको रूपमा प्रशंसा गर्छु।+

       ६ हे मेरा परमेश्‍वर, म असाध्यै निराश छु।+

      त्यसैले म तपाईँलाई सम्झन्छु,+

      यर्दन नदीको देशबाट र हर्मोन डाँडाको टाकुराबाट

      अनि मिजार डाँडाबाट।*

       ७ छङछङ गर्दै झर्ने तपाईँको छाँगोको ठूलो आवाज सुनेर

      गहिरो सागरले गहिरो सागरलाई पुकार्छ।

      तपाईँका उर्लँदो छालहरूले मलाई छोपेका छन्‌।+

       ८ दिनमा यहोवा परमेश्‍वरले मलाई करुणा देखाउनुहुन्छ,

      रातमा म उहाँबारे गीत गाउँछु​—जीवन दिनुहुने परमेश्‍वरलाई म प्रार्थना गर्छु।+

       ९ मेरा परमेश्‍वर, मेरा चट्टानलाई म भन्छु:

      “तपाईँले मलाई किन बिर्सनुभयो?+

      शत्रुहरूको थिचोमिचोको कारण म किन दुःखी भएर हिँड्‌नुपरेको छ?”+

      १० शत्रुहरूले गिल्ला गर्दा मेरो हड्डी नै चुरचुर भएझैँ लाग्छ;

      हरपल तिनीहरू गिल्ला गर्दै यसो भन्छन्‌: “खै त तेरो ईश्‍वर?”+

      ११ म किन यत्ति निराश छु?

      यो मन किन यत्ति व्याकुल छ?

      परमेश्‍वरमा आशा राख+

      किनकि अझै पनि म उहाँलाई महान्‌ उद्धारकको रूपमा प्रशंसा गर्छु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने