-
प्रस्थान १२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्नू।
-
-
प्रस्थान १३:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि त्यो दिन तिमीहरूले आफ्ना छोराहरूलाई भन्नू, ‘यहोवा परमेश्वरले हामीलाई मिश्रबाट छुटाउन जे गर्नुभयो, त्यसलाई सम्झन हामी यो चाड मनाउँछौँ।’+ ९ यस चाडले तिमीहरूलाई यहोवा परमेश्वरको पराक्रमी हातले मिश्रबाट छुटाएको दिनको सम्झना गराउनेछ। त्यसैले यो तिमीहरूको हातमा एउटा चिन्ह र निधारमा पट्टीसरह हुनेछ।+ अनि तिमीहरूले यहोवा परमेश्वरको आज्ञाबारे अरूलाई बताउन सक्नेछौ।
-