-
लेवी २६:३-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “‘यदि तिमीहरू मैले दिएको नियमअनुसार चलिरह्यौ र मेरा आज्ञाहरू पालन गरिरह्यौ भने+ ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। ५ त्यसैले अङ्गुर बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ र बिउ छर्ने समयसम्मै अङ्गुर बटुल्नेछौ। तिमीहरूलाई खानेकुराको कुनै अभाव हुनेछैन र तिमीहरू आफ्नो देशमा निश्चिन्त भई बस्नेछौ।+ ६ मेरो आशिष्ले गर्दा तिमीहरूको देशमा शान्ति छाउनेछ;+ कसैले तिमीहरूलाई डर देखाउनेछैन+ र तिमीहरू मस्त निदाउन सक्नेछौ। म तिमीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरू धपाइदिनेछु अनि तिमीहरूविरुद्ध कसैले तरबार उठाउनेछैन। ७ तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ र तरबारले सखाप पार्नेछौ। ८ तिमीहरूमध्ये ५ जनाले १०० जनालाई र १०० जनाले १०,००० जनालाई खेद्नेछौ अनि तिमीहरूका शत्रुहरू तरबारले सोत्तर हुनेछन्।+
९ “‘म तिमीहरूमाथि निगाह देखाउनेछु, जसले गर्दा तिमीहरूको धेरै सन्तान हुनेछ र तिमीहरूको सङ्ख्या बढ्नेछ।+ तिमीहरूसित गरेको करार म पूरा गर्नेछु।+ १० तिमीहरूले पहिलो वर्षकै उब्जनी खाएर नसिद्धिँदै नयाँ अन्न राख्न पुरानो अन्न फ्याँक्नुपर्नेछ। ११ म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ। १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+
-
-
व्यवस्था २८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ “आज मैले तिमीहरूलाई दिएको यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू होसियार भई एक-एक पालन गऱ्यौ र उहाँको कुरा सुन्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस पृथ्वीका अरू सबै जातिभन्दा अवश्य उच्च पार्नुहुनेछ।+
-