१८ पद्दान-अरामबाट+ हिँडेपछि याकुब कनानको+ सकेम+ सहरमा सकुशल पुगे। अनि तिनले सहरनजिकै आफ्नो पाल टाँगे। १९ तिनले आफ्नो पाल टाँग्न हामोरका छोराहरूसँग चाँदीको १०० टुक्रामा एउटा जमिन किने।+ हामोरका एक जना छोराको नाम सकेम थियो।
१५ याकुब मिश्र गए+ अनि त्यहीँ तिनको मृत्यु भयो।+ त्यसैगरि हाम्रा पुर्खाहरू पनि त्यहीँ बिते।+१६ पछि तिनीहरूको हाडखोड सकेम लगियो र त्यस चिहानमा गाडियो, जुन अब्राहामले चाँदीको पैसा तिरेर हामोरका सन्तानसित किनेका थिए।+