-
व्यवस्था १७:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “जब तिमीहरू यहोवा परमेश्वरले दिनुहुने देश कब्जा गरेर त्यहाँ बसोबास गर्न थाल्छौ, तब तिमीहरूले यसो भनौला, ‘वरपरका जातिहरूले जस्तै हामी पनि आफ्नो लागि राजा नियुक्त गरौँ।’+ १५ त्यसो हो भने यहोवा परमेश्वरले जसलाई रोज्नुहुन्छ, उसैलाई राजा नियुक्त गर्नू।+ तिमीहरूले आफ्नै इस्राएली भाइबन्धुमध्ये एक जनालाई रोजेर राजा नियुक्त गर्नू। तिमीहरूले कोही विदेशी अर्थात् गैर-इस्राएलीलाई आफ्नो राजा नियुक्त नगर्नू।
-
-
१ समुएल १२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिमीहरूले राजा चाहियो भनेका थियौ, तिमीहरूले चाहेको राजा यहाँ छन्। हेर! यहोवा परमेश्वरले तिमीहरूको लागि एउटा राजा नियुक्त गर्नुभएको छ।+
-