२ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ।
३४ यहोसापातको जीवनकालका बाँकी घटनाहरू अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास हानानिका+ छोरा येहुको+ लेखोटमा पाइन्छ, जुन ‘इस्राएलका राजाहरूको पुस्तक’-मा समावेश गरिएको थियो।