-
२ राजा १२:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि त्यो पैसा यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्ने कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन्थे। त्यसपछि ती निरीक्षकहरूले यहोवा परमेश्वरको भवनमा काम गरिरहेका सिकर्मीहरू, कारिगरहरू,+ १२ डकर्मीहरू र ढुङ्गा काट्नेहरूलाई पैसा दिन्थे। तिनीहरूले त्यो पैसाले काठ र नापअनुसार काटिएका ढुङ्गा पनि किन्थे र यहोवा परमेश्वरको भवन मर्मत गर्थे। भवन मर्मतसम्भार गर्न लागेको सबै खर्च तिनीहरूले त्यही पैसाले बेहोर्थे।
-