-
२ इतिहास १३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अबियाह आफ्ना वीर र तालिमप्राप्त ४ लाख योद्धा लिएर युद्ध गर्न निस्के।+ तिनको सामना गर्न यरोबाम पनि तालिमप्राप्त आफ्ना ८ लाख वीर योद्धासहित दल बाँधेर तैनाथ भए।
-
-
२ इतिहास २६:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उज्जियाहसित हातहतियारले सुसज्जित सेना पनि थियो। उनीहरूलाई दल-दलमा विभाजन गरिएको थियो अनि दल-दल गरी नै उनीहरू लडाइँमा जान्थे। राजाका एक जना भारदार हनन्याहको निरीक्षणमा सचिव यइएल+ र अफिसर मासेयाहले ती सिपाहीहरूको नाम दर्ता गरे र उनीहरूको गन्ती लिए।+ १२ यी वीर योद्धाहरूका सेनापतिहरू जम्मा २ हजार ६ सय जना थिए। तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइकेहरू थिए। १३ तिनीहरूको अधीनमा ३ लाख ७ हजार ५ सय सशस्त्र सैनिक थिए। राजालाई शत्रुहरूसित लड्न साथ दिने यो सेना निकै शक्तिशाली थियो।+
-