प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+

  • २ समुएल ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+

  • १ राजा २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि यहोवा परमेश्‍वरले मेरो विषयमा गर्नुभएको यो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ: ‘यदि तिम्रा सन्तान आफ्नो सारा हृदयले र सारा ज्यानले मसामु वफादार भई हिँडिरहे र आफ्नो चालचलनमा ध्यान दिइरहे भने+ इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+

  • १ राजा ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ म इस्राएलमा तिम्रो सिंहासनलाई सधैँभरि स्थिर पार्नेछु र तिम्रो बुबा दाउदसित गरेको यो प्रतिज्ञा पूरा गर्नेछु, ‘इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+

  • भजन ८९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+

      मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+

  • भजन ८९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछु

      अनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने