प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १२:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यहोआसले पुजारीहरूलाई यस्तो आदेश दिए: “यहोवा परमेश्‍वरको भवनमा पवित्र भेटीस्वरूप चढाइने सबै पैसा+ अर्थात्‌ मानिसहरूले तिर्ने कर,+ भाकल गरेका मानिसहरूको लागि पुजारीहरूले तोकेको रकम र यहोवा परमेश्‍वरको भवनको लागि मानिसहरूले राजीखुसीले दिने अनुदान सङ्‌कलन गर्नुहोस्‌।+ ५ हरेक पुजारी आफैले दाताहरूबाट* ती रकम जम्मा गर्नुपर्छ अनि परमेश्‍वरको भवनमा क्षति भएका ठाउँहरू* मर्मत गर्न चलाउनुपर्छ।”+

  • २ इतिहास २९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्‌।+

  • २ इतिहास २९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ आफ्नो शासनकालको पहिलो वर्षको पहिलो महिनामा तिनले यहोवा परमेश्‍वरको भवनका ढोकाहरू खोले र ती ढोकाहरू मर्मत गरे।+

  • २ इतिहास ३४:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनीहरू प्रधानपुजारी हिल्कियाहकहाँ गए र उनलाई परमेश्‍वरको भवनमा चढाइएको पैसा दिए। परमेश्‍वरको भवनमा ढोकेको रूपमा सेवा गर्ने लेवीहरूले त्यो पैसा मनस्से र एप्रैमको कुलका मानिसहरू अनि बाँकी सबै इस्राएलीबाट,+ साथै यहुदा र बिन्यामिनको कुलका मानिसहरू अनि यरुसलेमका बासिन्दाहरूबाट जम्मा गरेका थिए। १० तिनीहरूले त्यो पैसा यहोवा परमेश्‍वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिए। यहोवा परमेश्‍वरको भवनमा काम गर्नेहरूले त्यो पैसा भवन मर्मत गर्न चलाए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने