-
न्यायकर्ता २०:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यस सेनामा देब्रे हात चल्ने ७०० निपुण योद्धा थिए। तिनीहरू सबै घुयेँत्रो चलाउन सिपालु थिए र तिनीहरूको निसाना अचुक थियो।*
-
-
१ समुएल १७:४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ दाउदले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले। त्यसपछि त्यो ढुङ्गा घुयेँत्रोमा हाले अनि बेसरी घुमाएर त्यस पलिस्तियालीलाई हाने। त्यो ढुङ्गा त्यस पलिस्तियालीको निधारमै गड्यो र त्यो भुईँतिर अनुहार पारेर डङ्ग्रङ्ङ लड्यो।+
-
-
१ इतिहास १२:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ दाउद जिक्लगमा छँदा तिनलाई भेट्न आएका मानिसहरू यी नै थिए।+ किसका छोरा साउलले गर्दा त्यसबेला तिनी खुलेआम हिँडडुल गर्न सक्दैनथे।+ दाउदलाई भेट्न आएका मानिसहरू वीर योद्धा थिए र तिनीहरूले तिनलाई युद्धमा साथ दिए।+ २ तिनीहरूले धनु भिरेका थिए अनि तिनीहरू दाहिने-देब्रे दुवै हातले+ घुयेँत्रो हान्न+ वा धनु चलाउन सक्थे। तिनीहरू साउलका दाजुभाइ, बिन्यामिनको कुलका थिए।+
-