-
एज्रा ९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यी सबै काम सिद्धिएपछि मानिसहरूका मुखियाहरू मकहाँ आए र यसो भने: “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले वरपरका जातिहरू—कनानीहरू, हित्तीहरू, परिज्जीहरू, यबुसीहरू, अम्मोनीहरू, मोआबीहरू, मिश्रीहरू+ र एमोरीहरूबाट+ अनि उनीहरूका घिनलाग्दा रीतिथितिबाट आफूलाई अलग राखेका छैनन्।+ २ तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरेका छन् र आफ्ना छोराहरूको विवाह पनि उनीहरूसितै गराइदिएका छन्।+ अब तिनीहरू, जो पवित्र वंश हुन्,+ वरपरका जातिहरूसित मिसिएका छन्।+ यसरी परमेश्वरसित विश्वासघात गर्नेहरूमा मुखियाहरू र उप-शासकहरू नै सबैभन्दा अगाडि छन्।”
-
-
मलाकि २:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।
८ “तर तिमीहरू आफै भने सही मार्गबाट तर्किएका छौ। तिमीहरूले गर्दा धेरै जना व्यवस्था पालन गर्नबाट चुकेका छन्।*+ लेविसित मैले गरेको करारलाई तिमीहरूले तोडेका छौ,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।
-