-
एस्तर ९:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनले त्यस पत्रमा हरेक वर्ष अदार महिनाको १४ औँ र १५ औँ दिनमा उत्सव मनाउनू भनी आदेश दिएका थिए। २२ किनकि त्यही दिनहरूमा यहुदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएका थिए। त्यो महिना तिनीहरूको दुःख खुसीमा अनि तिनीहरूको शोक+ रमाहटमा परिणत भएको थियो। तिनीहरूले ती दुवै दिन भोज लगाउनुपर्ने थियो र खुसीयाली मनाउनुपर्ने थियो। अनि एकअर्कालाई खानेकुरा पठाउनुपर्ने थियो र गरिबहरूलाई उपहार दिनुपर्ने थियो।
-