-
गन्ती १२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यदि मरियमलाई उनको बुबाले अनुहारमै थुकेको भए के सात दिनसम्म उनको बेइज्जत हुने थिएन र? त्यसैले सात दिनसम्म उनलाई छाउनीबाहिर एक्लै राख्नू।+ त्यसपछि मात्र उनलाई छाउनीमा ल्याउनू।”
-
-
व्यवस्था २५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ ती विधवाले नाइकेहरूकै सामने तिनको जुत्ता फुकालिदेऊन्+ र तिनको मुखमा थुकिदेऊन् अनि यसो भनून्, ‘आफ्नो दाजुभाइको वंश धान्न नमान्ने मानिसलाई यसै गरिनेछ।’
-
-
यसैया ५०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।
दाह्री लुछ्न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।
मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+
-
-
मत्ति २७:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तिनीहरूले उहाँलाई थुके+ अनि नर्कट लिएर उहाँको शिरमा हिर्काउन थाले।
-