-
उपदेशक ११:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले हे युवा हो, आफ्नो युवावस्थामा रमाऊ र आफ्नो जोबन हाँसीखुसी बिताऊ। तिम्रो हृदय र तिम्रो आँखाले तिमीलाई जता डोऱ्याउँछ, त्यतै जाऊ। तर यो कुरा याद राख, साँचो परमेश्वरले तिमीले गर्ने सबै कुराको लेखा लिनुहुन्छ।+
-
-
इजकिएल ६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि जो-जो उम्कन्छन्, तिनीहरूले आफूलाई बन्दी बनाएर लगिएको ठाउँमा मलाई सम्झनेछन्।+ तिनीहरूको हृदय विश्वासघाती भएर* मबाट तर्किएकोले+ र तिनीहरूका आँखा कामुक भएर घिनलाग्दा मूर्तिहरूको पछि लागेकोले+ मेरो मन कत्ति दुःखी भएको थियो भनेर तिनीहरूले बुझ्नेछन्। आफूले गरेका सबै खराब र घिनलाग्दा कामहरूका कारण तिनीहरू लाजमा पर्नेछन् र ती कामहरूलाई घृणा गर्नेछन्।+
-