-
प्रस्थान ९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर मेरो शक्ति प्रकट होस् र मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+
-
-
दानिएल ६:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ म यो उर्दी जारी गर्दछु: मेरो राज्यका सबै प्रान्तका मानिसहरूले दानिएलका परमेश्वरको डर मानून्।+ किनकि उहाँ जीवित र सधैँभरि रहिरहने परमेश्वर हुनुहुन्छ। उहाँको राज्यको अन्त कहिल्यै हुँदैन अनि उहाँको शासनाधिकार* सधैँ कायम रहन्छ।+ २७ उहाँले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ+ र उद्धार गर्नुहुन्छ; उहाँले स्वर्ग र पृथ्वीमा चिन्हहरू देखाउनुहुन्छ अनि आश्चर्यजनक कामहरू गर्नुहुन्छ।+ त्यसैले उहाँले दानिएललाई सिंहहरूका पन्जाबाट जोगाउनुभयो।”
-