प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ पलिस्तियालीहरूबारे भविष्यवक्‍ता यर्मियाकहाँ यहोवाको वचन आयो।+ यो सन्देश फारोले गाजामा पलिस्तियालीहरूलाई हराउनुअघि आएको थियो।

  • इजकिएल २५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “हेर, म पलिस्तियालीहरूविरुद्ध आफ्नो हात उठाउनेछु।+ म कराथीहरूलाई+ र समुद्री किनारमा जो-जो बाँकी छन्‌,+ तिनीहरू सबैलाई नाश गर्नेछु।

  • योएल ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,

      तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?

      के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?

      यदि तिमीहरू बदला लिँदै छौ भने

      चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+

  • आमोस १:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवा यसो भन्‍नुहुन्छ,

      ‘“गाजाले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्‌नेछैनँ

      किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू+ सबैलाई एदोमको जिम्मा लगाए।

       ७ त्यसैले म गाजाको पर्खालमा आगो पठाउनेछु+

      अनि त्यसले गाजाका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।

       ८ म अस्दोदका+ बासिन्दाहरूलाई

      अनि अस्कलोनबाट+ शासन गर्नेलाई* नाश गर्नेछु,

      म एक्रोनविरुद्ध+ आफ्नो हात उठाउनेछु

      अनि बाँकी रहेका सबै पलिस्तियालीको नामोनिसान मेटिनेछ,”+ ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ।’

  • सपन्याह २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ गाजा निर्जन सहर हुनेछ

      अनि अस्कलोनचाहिँ उजाड हुनेछ।+

      अस्दोदलाई मध्यदिनमै धपाइनेछ

      अनि एक्रोनलाई चाहिँ जरैदेखि उखेलिनेछ।+

  • जकरिया ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ अस्कलोनले त्यो देख्नेछ अनि भयभीत हुनेछ;

      गाजालाई छटपटी हुनेछ

      अनि एक्रोनलाई पनि त्यस्तै हुनेछ किनकि त्यसको आशा निराशामा बद्‌लिनेछ।

      गाजाबाट राजाको नामोनिसान मेटिनेछ

      अनि अस्कलोन फेरि आबाद हुनेछैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने