प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २०:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवाले यसो भन्‍नुभयो: “जसरी मेरो सेवक यसैया मिश्र+ र इथियोपियाको+ लागि सङ्‌केत र जनाउस्वरूप+ तीन वर्षसम्म नाङ्‌गै अनि खाली खुट्टा हिँड्यो, ४ त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्‌। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्‌गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्‌। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन।

  • यर्मिया २५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+

  • यर्मिया २५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि मैले मिश्रका फारो,* तिनका नोकरचाकर, तिनका भारदारहरू र तिनका सबै मानिस+

  • यर्मिया ४३:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि तिनीहरूलाई भन: ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म मेरो सेवक,+ बेबिलोनका राजा नबुकद्‌नेजरलाई* बोलाउनेछु र मैले लुकाएका यी ढुङ्‌गाहरूमाथि तिनको सिंहासन बसाल्नेछु। अनि तिनले यी ढुङ्‌गाहरूमाथि आफ्नो राजसी पाल फिँजाउनेछन्‌।+ ११ तिनी आउनेछन्‌ र मिश्रलाई आक्रमण गर्नेछन्‌।+ महामारीको निम्ति छुट्ट्याइएकाहरू महामारीले मारिनेछन्‌, कैदको निम्ति छुट्ट्याइएकाहरू कैदमा पर्नेछन्‌ र तरबारको निम्ति छुट्ट्याइएकाहरू तरबारले काटिनेछन्‌।+

  • इजकिएल २९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ तब मिश्रका सबै बासिन्दाले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌

      किनकि इस्राएलको घरानाको लागि तँ नर्कटको सहाराभन्दा कमजोर भइस्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने