-
व्यवस्था १२:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “जब तिमीहरूले धपाएका जातिलाई यहोवा परमेश्वरले नाश गर्नुहुन्छ+ र तिमीहरू त्यहाँ बसोबास गर्न थाल्छौ, ३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्न नखोज्नू।+ ३१ तिमीहरूले तिनीहरूको तरिकामा यहोवा परमेश्वरको उपासना नगर्नू। किनभने तिनीहरू त आफ्ना देवीदेवताको पूजा गर्न भएभरको घृणित काम गर्छन्, जसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। तिनीहरू आफ्ना देवीदेवताको निम्ति आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँछन्।+
-