-
यसैया ३४:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवाले तरबार लिनुभएको छ र त्यो रगतले लतपत हुनेछ,
त्यो बोसोले ढाकिनेछ।
थुमा र बाख्राहरूको रगतले त्यो भिज्नेछ+
अनि थुमाको मिर्गौलाको बोसोले त्यो ढाकिनेछ।
किनकि यहोवाले बोज्राहमा एउटा बलिदान तयार पार्नुभएको छ
अनि एदोममा भयङ्कर काटमार गर्न लाग्नुभएको छ।+
७ जङ्गली साँढे पनि तिनीहरूसितै काटिनेछन्;
बाछाहरू र बलिया-बलिया साँढे पनि सँगसँगै काटिनेछन्।
तिनीहरूको भूमि रगतले भिज्नेछ
अनि त्यहाँको माटो बोसोले ढाक्नेछ।”
-
-
यर्मिया ४६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “त्यो दिन ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवाको दिन हो; आफ्ना शत्रुहरूसित बदला लिने उहाँको दिन। तरबारले तिनीहरूलाई निल्नेछ र त्यो सन्तुष्ट हुनेछ। अनि तिनीहरूको रगत पिएर त्यसले आफ्नो तिर्खा मेटाउनेछ। किनकि ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवाले युफ्रेटिस नदीको किनारमा रहेको उत्तरको देशमा एउटा बलिदान तयार पार्नुभएको छ।+
-
-
सपन्याह १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ ब्रह्माण्डका मालिक यहोवासामु चुप लागेर बस किनकि यहोवाको दिन नजिकै छ।+
यहोवाले एउटा बलिदान तयार पार्नुभएको छ; आफूले बोलाएकाहरूलाई उहाँले पवित्र तुल्याउनुभएको छ।
-