प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्‍वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।

  • लेवी २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ।+ देशका मानिसहरूले उसलाई ढुङ्‌गाले हानेर मारून्‌।

  • २ राजा १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ रमल्याहका छोरा पेकहको शासनकालको १७ औँ वर्षमा यहुदाका राजा योतामका छोरा आहाज+ राजा भए।

  • २ राजा १६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे।+ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए, जुन राष्ट्रहरूलाई यहोवा परमेश्‍वरले इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो।+

  • २ इतिहास ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+

  • २ इतिहास ३३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनले ‘हिन्‍नोमको छोराको बेँसी’-मा+ आफ्नै छोराहरूलाई आगोमा बलि चढाए।+ तिनले जादु गर्ने,+ भावी बताउने र टुनामुना गर्नेजस्ता कामहरू गरे। साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्‍त गरे।+ तिनले यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।

  • यर्मिया ७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मैले तिनीहरूलाई आज्ञा नै नगरेको कुरा अनि मेरो मनमा पनि नआएको कुरा तिनीहरूले गरेका छन्‌:+ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउन+ “हिन्‍नोमको छोराको बेँसी”-मा*+ भएको तोफेथमा अग्ला थानहरू* बनाएका छन्‌।’

  • इजकिएल २०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तिनीहरूले आफ्नो पहिलो सन्तानलाई आगोमा बलि चढाएर+ आफैलाई बिटुलो पार्दा मैले रोकिनँ। तिनीहरूलाई नाश गर्न र म नै यहोवा हुँ भनेर चिनाउन मैले त्यसो गरेँ।”’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने