४६ “‘सामरिया तेरी दिदी हो।+ ऊ आफ्ना छोरीहरूसित तेरो उत्तरतिर बस्छे।+ अनि तेरी बहिनीचाहिँ सदोम हो।+ ऊ आफ्ना छोरीहरूसित तेरो दक्षिणतिर बस्छे।+ ४७ तैँले उनीहरूको चालचलन र घिनलाग्दा कामहरूको सिको मात्र गरिनस् तर हेर्दाहेर्दै तैँले उनीहरूलाई पनि उछिनिस् र हरेक कुरामा तँ उनीहरूभन्दा भ्रष्ट भइस्।’+