-
यसैया ३६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ रबसाकेले तिनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+
-
-
यसैया ३६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हेर, तिमीले भरोसा गरेको मिश्र त भाँचिएको नर्कट हो। जसले त्यसमा आड लिन्छ, त्यसले उसैको हात छेड्छ। हो, ज-जसले मिश्रका फारोमाथि भरोसा गर्छन्, तिनीहरू सबैको हालत यस्तै हुन्छ।+
-
-
यर्मिया ३७:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ फारोको सेना मिश्रबाट निस्कियो+ भनेर जब यरुसलेमलाई घेराबन्दी गरिरहेका कल्दियालीहरूले सुने, तब तिनीहरू यरुसलेम छोडेर हिँडे।+ ६ अनि त्यतिखेर भविष्यवक्ता यर्मियाकहाँ यहोवाको यो वचन आयो: ७ “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘मेरो विचार बुझ्न तिमीलाई पठाउने यहुदाका राजालाई यसो भन्नू, “हेर, तिमीलाई सहयोग गर्न आएको फारोको सेना आफ्नै मुलुक मिश्र फर्कनुपर्नेछ।+
-