-
व्यवस्था ४:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ आज म स्वर्ग र पृथ्वीमा भएका सबैलाई साक्षी राखेर भन्छु, तिमीहरू जुन देश अधिकार गर्न यर्दनपारि जान लागेका छौ, त्यहाँ तिमीहरू निश्चय पनि तुरुन्तै नाश हुनेछौ। तिमीहरू त्यहाँ धेरै दिनसम्म बस्न पाउनेछैनौ, तिमीहरूको नामोनिसान मेटिनेछ।+
-
-
यहोसु २३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ जसरी यहोवा परमेश्वरले तिमीहरूलाई जे-जति असल थोक दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो र त्यो पूरा गर्नुभयो,+ त्यसरी नै यहोवा परमेश्वरले तिमीहरूमाथि जे-जस्ता विपत्ति आउनेछन् भनेर बताउनुभएको थियो, ती पनि पूरा हुनेछन्। अनि यहोवा तिमीहरूका परमेश्वरले दिनुभएको यस असल देशबाट उहाँले तिमीहरूको नामोनिसान मेटाउनुहुनेछ।+
-