-
प्रस्थान ३४:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। ७ मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ।+ म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु+ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्दिनँ।+ बुबाले गरेको गल्तीको सजाय तिनका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिन्छु।”+
-
-
नहेम्याह ९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ हो, तिनीहरूले तपाईँका आज्ञाहरू सुन्न इन्कार गरे।+ तपाईँले तिनीहरूमाझ गर्नुभएका अचम्मलाग्दा कामहरू तिनीहरूले भुसुक्कै बिर्से। तिनीहरू हठी भए र मिश्रको दासत्वमै फर्केर जान आफ्नो निम्ति अगुवा नियुक्त गरे।+ तर तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ; तपाईँ दयालु र कृपालु परमेश्वर हुनुहुन्छ। तपाईँ हतपती रिसाउनुहुन्न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ त्यसैले तपाईँले तिनीहरूलाई त्याग्नुभएन।+
-