१८ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्। मैले यहोवा परमेश्वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना+ उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+
१० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।