भजनसङ्ग्रह
भाग चार
(भजन ९०-१०६)
साँचो परमेश्वरको सेवक मोसाको प्रार्थना।+
९० हे यहोवा, पुस्तौँपुस्तादेखि तपाईँ हाम्रो निवासस्थान*+ हुनुभएको छ।
२ पहाडहरूको जन्म हुनुअघि नै,
३ तपाईँ मरणशील मानिसलाई माटोमा फर्काइदिनुहुन्छ;
तपाईँ भन्नुहुन्छ: “ए मानिसका सन्तान हो, माटोमा फर्किजाओ।”+
४ हजार वर्ष तपाईँको नजरमा हिजो बिताएको एक दिनजस्तै,+
रातको एक प्रहरजस्तै हो।
५ तपाईँ तिनीहरूको अन्त गरिदिनुहुन्छ;+ तिनीहरू केवल निद्राजस्ता छन्;
तिनीहरू बिहान पलाउने घाँसजस्ता छन्।+
६ बिहान त्यो मौलाउँछ र ताजा हुन्छ
तर बेलुकीसम्ममा त्यो ओइलाउँछ र सुकिजान्छ।+
७ हामी तपाईँको दन्केको रिसले भस्म भएका छौँ,+
तपाईँको क्रोधले भयभीत भएका छौँ।
८ तपाईँ हाम्रा गल्तीहरू आफ्नो सामुन्ने राख्नुहुन्छ;*+
हामीले गुप्तमा गरेका कामहरू तपाईँको मुहारको ज्योतिमा उदाङ्ग हुन्छन्।+
९ तपाईँको क्रोधले गर्दा हाम्रा दिनहरू घट्दै जान्छन्;
हाम्रा वर्षहरू सुस्केराजस्तै बितिजान्छन्।
१० हाम्रो आयु त केवल ७० वर्ष हुन्छ,
जो हट्टाकट्टा छ, उसको आयु ८० पुग्ला।+
तर ती वर्षहरू पनि दुःख र पीडाले भरिएका हुन्छन्;
ती चाँडै बित्छन् र हामी बिलाइहाल्छौँ।+
११ तपाईँको क्रोधमा कति शक्ति छ, कसले बुझ्न सक्छ?
तपाईँको क्रोध तपाईँलाई दिनुपर्ने भयजत्तिकै ठूलो छ।+
१२ हाम्रा दिनहरू गन्न हामीलाई सिकाउनुहोस्+
ताकि हामीले बुद्धिले भरिएको हृदय पाउन सकौँ।
१४ बिहान आफ्नो अटल प्रेमले+ हामीलाई सन्तुष्ट पार्नुहोस्
अनि हामी जीवनका बाँकी दिनहरूमा खुसीले कराउन र रमाउन सकौँ।+
१५ हामीलाई जति दिन तपाईँले दुःख दिनुभएको थियो, त्यति नै दिन खुसी दिनुहोस्,+
जति वर्ष हामीमाथि विपत्ति आइपऱ्यो, त्यति नै वर्ष हामी रमाउन सकौँ।+
१६ तपाईँका सेवकहरूले तपाईँको काम देखून्,
तिनीहरूका सन्तानले तपाईँको वैभव देखून्।+