भजनसङ्ग्रह
१४७ याहको प्रशंसा गर!*
हाम्रा परमेश्वरको स्तुति गाउनु* असल छ;
उहाँको प्रशंसा गर्नु कत्ति मनोहर र सुहाउँदो छ!+
३ मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ;
तिनीहरूको घाउमा उहाँले मलहमपट्टी गरिदिनुहुन्छ।
४ उहाँले ताराहरूको गन्ती गर्नुहुन्छ;
तिनीहरू सबैको नाम लिएर उहाँ तिनीहरूलाई बोलाउनुहुन्छ।+
६ यहोवा नम्रहरूलाई उठाउनुहुन्छ+
तर दुष्टहरूलाई जमिनतिर हुर्ऱ्याउनुहुन्छ।
७ यहोवालाई धन्यवाद चढाउँदै गीत गाओ;
वीणा बजाएर हाम्रा परमेश्वरको स्तुति गाओ,
८ जसले आकाशलाई बादलले ढाक्नुहुन्छ,
जसले पृथ्वीमा पानी बर्साउनुहुन्छ,+
जसले पहाडहरूमा घाँस उमार्नुहुन्छ।+
११ यहोवाको डर मान्नेहरू र उहाँको अटल प्रेमको बाटो हेर्नेहरूदेखि
उहाँ खुसी हुनुहुन्छ।+
१२ हे यरुसलेम, यहोवाको महिमा गर।
हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर।
१३ उहाँले तिम्रो सहरका ढोकाहरूका गजबारहरू बलियो पार्नुहुन्छ;
उहाँले तिम्रा छोराहरूलाई आशिष् दिनुहुन्छ।
१५ उहाँले पृथ्वीमा आफ्नो आज्ञा पठाउनुहुन्छ;
उहाँको वचन द्रुत गतिमा अघि बढ्छ।
१७ उहाँ असिनालाई* रोटीको टुक्राजस्तै बर्साउनुहुन्छ।+
उहाँले पठाउनुभएको कठाङ्ग्रिने जाडो कसले सहन सक्छ र?+
१८ उहाँ आफ्नो वचन पठाउनुहुन्छ र ती पग्लन्छन्।
उहाँ आफ्नो बतास चलाउनुहुन्छ+ र पानी बग्न थाल्छ।
१९ उहाँ आफ्नो वचन याकुबलाई सुनाउनुहुन्छ,
आफ्ना नीतिनियम र फैसलाहरू इस्राएललाई बताउनुहुन्छ।+