प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

जकरिया विषयवस्तु

      • साँचो उपासनाको ठूलो जित (१-२१)

        • जैतुन डाँडा दुई फ्याक हुनेछ (४)

        • यहोवाको मात्र उपासना गरिनेछ र उहाँकै मात्र नाम लिइनेछ (९)

        • यरुसलेमका शत्रुहरूमाथि महामारी (१२-१५)

        • झुप्रोबासको चाड मनाइनेछ (१६-१९)

        • सबै खड्‌कुँला यहोवाको लागि पवित्र हुनेछन्‌ (२०, २१)

जकरिया १४:१

फुटनोट

  • *

    यसले पद २ मा उल्लेख गरिएको सहरलाई जनाउँछ।

जकरिया १४:३

मार्जिनल रेफरेन्स

  • +इज ३८:२३; योए ३:२, १४; प्रका १६:१४
  • +प्रस्थ १५:३; २इ २०:१५

जकरिया १४:४

फुटनोट

  • *

    शा., “समुद्रसम्म।”

मार्जिनल रेफरेन्स

  • +लुका १९:२९; प्रे १:१२

जकरिया १४:५

मार्जिनल रेफरेन्स

  • +आमो १:१
  • +व्य ३३:२; योए ३:११; यहु १४

जकरिया १४:६

फुटनोट

  • *

    वा “अचल हुनेछ,” चिसोले गर्दा जमेझैँ हुनेछ।

मार्जिनल रेफरेन्स

  • +यसै १३:९, १०; आमो ५:१८

जकरिया १४:७

मार्जिनल रेफरेन्स

  • +योए २:३१; १थि ५:२; २प ३:१०

जकरिया १४:८

फुटनोट

  • *

    अर्थात्‌, मृतसागरतिर।

  • *

    अर्थात्‌, भूमध्यसागरतिर।

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:१३; इज ४७:१; योए ३:१८; प्रका २२:१
  • +प्रका २१:६; २२:१७
  • +व्य ३:१७
  • +यहो १:४

जकरिया १४:९

मार्जिनल रेफरेन्स

  • +भज ९७:१; प्रका १९:६
  • +व्य ६:४
  • +यसै ४२:८; ४४:६

जकरिया १४:१०

मार्जिनल रेफरेन्स

  • +व्य १:७
  • +१रा १५:२२
  • +१इ ४:२४, ३२
  • +यर्मि ३०:१८
  • +यर्मि ३७:१३
  • +नहे ३:१; यर्मि ३१:३८

जकरिया १४:११

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१८; यर्मि ३१:४०
  • +यर्मि २३:६; ३३:१६

जकरिया १४:१२

मार्जिनल रेफरेन्स

  • +२रा १९:३४, ३५; योए ३:२

जकरिया १४:१३

मार्जिनल रेफरेन्स

  • +न्या ७:२२; इज ३८:२१

जकरिया १४:१४

मार्जिनल रेफरेन्स

  • +२इ १४:१३; २०:२५; जक २:८, ९

जकरिया १४:१६

फुटनोट

  • *

    वा “उपासना।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ६६:२३
  • +भज ८६:९
  • +लेवी २३:३४; नहे ८:१४, १५

जकरिया १४:१७

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१२

जकरिया १४:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३६; ३९:३०
  • +१स २:१३, १४
  • +प्रस्थ २५:२९; गन ४:७

जकरिया १४:२१

फुटनोट

  • *

    वा सम्भवतः “व्यापारी।”

मार्जिनल रेफरेन्स

  • +इज ४४:९

अरू

जक. १४:३इज ३८:२३; योए ३:२, १४; प्रका १६:१४
जक. १४:३प्रस्थ १५:३; २इ २०:१५
जक. १४:४लुका १९:२९; प्रे १:१२
जक. १४:५आमो १:१
जक. १४:५व्य ३३:२; योए ३:११; यहु १४
जक. १४:६यसै १३:९, १०; आमो ५:१८
जक. १४:७योए २:३१; १थि ५:२; २प ३:१०
जक. १४:८यर्मि १७:१३; इज ४७:१; योए ३:१८; प्रका २२:१
जक. १४:८प्रका २१:६; २२:१७
जक. १४:८व्य ३:१७
जक. १४:८यहो १:४
जक. १४:९भज ९७:१; प्रका १९:६
जक. १४:९व्य ६:४
जक. १४:९यसै ४२:८; ४४:६
जक. १४:१०व्य १:७
जक. १४:१०१रा १५:२२
जक. १४:१०१इ ४:२४, ३२
जक. १४:१०यर्मि ३०:१८
जक. १४:१०यर्मि ३७:१३
जक. १४:१०नहे ३:१; यर्मि ३१:३८
जक. १४:११यसै ६०:१८; यर्मि ३१:४०
जक. १४:११यर्मि २३:६; ३३:१६
जक. १४:१२२रा १९:३४, ३५; योए ३:२
जक. १४:१३न्या ७:२२; इज ३८:२१
जक. १४:१४२इ १४:१३; २०:२५; जक २:८, ९
जक. १४:१६यसै ६६:२३
जक. १४:१६भज ८६:९
जक. १४:१६लेवी २३:३४; नहे ८:१४, १५
जक. १४:१७यसै ६०:१२
जक. १४:२०प्रस्थ २८:३६; ३९:३०
जक. १४:२०१स २:१३, १४
जक. १४:२०प्रस्थ २५:२९; गन ४:७
जक. १४:२१इज ४४:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
जकरिया १४:१-२१

जकरिया

१४ “हेर! त्यो दिन आउँदै छ, यहोवाको दिन। त्यो दिन तिमीबाट* लुटिएका मालसामान तिम्रै अगाडि बाँडिनेछ। २ यरुसलेमसित लड्‌न म सबै राष्ट्रलाई भेला गर्नेछु। अनि सहरलाई कब्जा गरिनेछ, घरहरू लुटिनेछन्‌ र स्त्रीहरूलाई बलात्कार गरिनेछ। आधा सहर निर्वासनमा लगिनेछ तर बाँकी रहेका मानिसहरूलाई भने सहरबाट लगिनेछैन।

३ “यहोवा परमेश्‍वर ती राष्ट्रहरूसित लड्‌न आउनुहुनेछ+ र उहाँ युद्धको दिनमा जसरी लड्‌नुहुन्छ, त्यसरी नै तिनीहरूसित लड्‌नुहुनेछ।+ ४ त्यो दिन उहाँ जैतुन डाँडामा+ उभिनुहुनेछ, जसको पूर्वपट्टि यरुसलेम सहर छ अनि जैतुन डाँडा पूर्वदेखि पश्‍चिमसम्म* चिरा परेर दुई फ्याक हुनेछ र बीचमा ठूलो बेँसी बन्‍नेछ। डाँडाको आधा भाग उत्तरतिर र आधा भाग दक्षिणतिर सर्नेछ। ५ तिमीहरू मेरा डाँडाहरूको बेँसीमा भागेर जानेछौ किनकि डाँडाहरूको बेँसी अजेलसम्मै फैलिनेछ। यहुदाका राजा उज्जियाहको पालामा भुईँचालो आउँदा+ तिमीहरू जसरी भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नुपर्नेछ। तब यहोवा मेरा परमेश्‍वर आउनुहुनेछ र उहाँसँग सबै पवित्र जन पनि आउनेछन्‌।+

६ “त्यो दिन कतै पनि चहकिलो ज्योति हुनेछैन,+ सबै थोक जम्नेछ।* ७ त्यो एउटा यस्तो दिन हुनेछ, जुन यहोवाको दिन भनेर चिनिनेछ।+ त्यतिबेला न दिन हुनेछ न रात अनि बेलुकीपख उज्यालो हुनेछ। ८ त्यो दिन यरुसलेमबाट+ जीवन दिने पानी+ बग्नेछ, आधा पूर्वको समुद्रतिर*+ अनि आधा पश्‍चिमको समुद्रतिर।*+ गर्मी याम र जाडो याममा पनि त्यो बगिरहनेछ। ९ अनि यहोवा परमेश्‍वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्‍वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+

१० “सारा देश अराबाहजस्तै+ हुनेछ—गेबादेखि+ यरुसलेमको दक्षिणमा रहेको रिम्मोनसम्मै।+ अनि यरुसलेम खडा हुनेछ र फेरि त्यसकै ठाउँमा बसालिनेछ;+ बिन्यामिन-ढोकादेखि+ पहिलो-ढोका भएको ठाउँसम्मै, पहिलो-ढोकादेखि कुना-ढोकासम्मै; हननेल धरहरादेखि+ राजाको कोलसम्मै त्यो आबाद हुनेछ। ११ मानिसहरू यरुसलेममा बसोबास गर्नेछन्‌; त्यसमाथि फेरि कहिल्यै विनाशको सराप+ आइपर्नेछैन अनि मानिसहरू त्यहाँ सुरक्षित रहनेछन्‌।+

१२ “अनि यरुसलेमविरुद्ध युद्ध गर्ने सबै जातिलाई+ यहोवा परमेश्‍वरले यस्तो महामारीले प्रहार गर्नुहुनेछ: तिनीहरू उभिँदा-उभिँदै तिनीहरूको शरीर कुहिनेछ, तिनीहरूका आँखाहरू खोपिल्टाभित्रै कुहिनेछन्‌ अनि तिनीहरूको जिब्रो तिनीहरूको मुखभित्रै कुहिनेछ।

१३ “त्यो दिन यहोवा परमेश्‍वरले तिनीहरूबीच गोलमाल मच्चाइदिनुहुनेछ। अनि तिनीहरू प्रत्येकले आफ्नै साथीको हात समात्नेछन्‌ र तिनीहरूले एकअर्कालाई आक्रमण गर्नेछन्‌।+ १४ यरुसलेमको युद्धमा यहुदा पनि सँगसँगै लड्‌नेछ अनि वरपरका सबै राष्ट्रको धनसम्पत्ति—प्रशस्तै सुन, चाँदी र लुगाफाटा बटुलिनेछ।+

१५ “अनि शत्रुको छाउनीमा भएका घोडा, खच्चर, उँट, गधा र सबै वस्तुभाउमाथि पनि त्यस्तै महामारी आइपर्नेछ।

१६ “यरुसलेमलाई आक्रमण गर्न आउने सबै राष्ट्रका बाँकी मानिसहरू वर्षैपिच्छे+ सेनाहरूका यहोवा,+ जो राजा हुनुहुन्छ, उहाँलाई दण्डवत्‌* गर्न अनि झुप्रोबासको चाड*+ मनाउन यरुसलेम आउनेछन्‌। १७ तर सेनाहरूका यहोवा, जो राजा हुनुहुन्छ, उहाँलाई दण्डवत्‌ गर्न पृथ्वीका परिवारहरूमध्ये कोही यरुसलेमसम्म उक्लिएन भने तिनीहरूमाथि पानी बर्सनेछैन।+ १८ अनि यदि मिश्रको कुनै परिवार त्यहाँसम्म उक्लिएन र त्यहाँ प्रवेश गरेन भने तिनीहरूमाथि पानी बर्सनेछैन। बरु यहोवा परमेश्‍वरले झुप्रोबासको चाड मनाउन यरुसलेम नउक्लिने राष्ट्रहरूमाथि जस्तो महामारी पठाउनुहुन्छ, तिनीहरूमाथि पनि त्यस्तै महामारी पठाउनुहुनेछ। १९ मिश्र वा अरू कुनै राष्ट्र झुप्रोबासको चाड मनाउन आएन भने तिनीहरूको पापको सजाय यही हुनेछ।

२० “त्यो दिन घोडाहरूको घण्टीमा यी शब्दहरू कुँदिएका हुनेछन्‌, ‘यहोवा पवित्र हुनुहुन्छ!’+ अनि यहोवा परमेश्‍वरको भवनमा भएका खड्‌कुँलाहरू+ वेदीको अगाडि भएका कचौराहरूजस्तै+ पवित्र हुनेछन्‌। २१ अनि यरुसलेम र यहुदामा भएका सबै खड्‌कुँला पवित्र हुनेछन्‌ र ती सबै सेनाहरूका यहोवाको हुनेछन्‌। बलिदान चढाउनेहरू सबै त्यहाँ आउनेछन्‌ र तिनीहरूले तीमध्ये केही खड्‌कुँलाहरूमा मासु उसिन्‍नेछन्‌। त्यो दिन सेनाहरूका यहोवाको भवनमा कोही पनि कनानी* बाँकी रहनेछैन।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने