भजनसङ्ग्रह
उकालीको गीत।
१२१ म आफ्नो आँखा पहाडहरूतिर उठाउँछु।+
मलाई मदत कहाँबाट आउँछ?
२ मलाई मदत यहोवाबाट आउँछ,+
जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
३ उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+
तिम्रो रक्षा गर्नुहुने परमेश्वर कहिल्यै झुल्नुहुनेछैन।
४ हेर! इस्राएलको रक्षा गर्नुहुने परमेश्वर+ कहिल्यै झुल्नुहुनेछैन
न त उहाँ कहिल्यै निदाउनु नै हुनेछ।
६ न दिनको घामले न त रातको जूनले नै
तिमीलाई हानि पुऱ्याउनेछ।+
८ तिमीले गर्ने सबै काममा* यहोवाले तिम्रो रक्षा गर्नुहुनेछ,
अहिले र सदासर्वदा।