यस पुस्तिकाबाट कसरी लाभ उठाउन सकिन्छ?
यस पुस्तिकाले परमेश्वरको वचन बाइबलबाटै सिक्न तपाईंलाई मदत गर्नेछ। सङ्ख्या भएका प्रश्नको जवाफ हरेक अनुच्छेदको अन्तमा दिइएको बाइबल पदमा पाइन्छ। उक्त पद तपाईं आफ्नो बाइबलबाट पढ्न सक्नुहुन्छ।
ती बाइबल पद पढ्दा सोधिएका प्रश्नहरूको जवाफ कसरी दिइएको छ विचार गर्नुहोस्। पदहरूको अर्थ बुझ्न यहोवाका कुनै पनि साक्षीले तपाईंलाई खुसीसाथ मदत गर्नेछन्।—लूका २४:३२, ४५ पढ्नुहोस्।
नोट: यस पुस्तिकामा उल्लेख गरिएका सबै प्रकाशनहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित गरिएका हुन्।