प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg १ ques. १-३
  • कस्तो सुसमाचार?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कस्तो सुसमाचार?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
परमेश्‍वरबाट आएको सुसमाचार!
fg १ ques. १-३

पाठ १

कस्तो सुसमाचार?

१. परमेश्‍वरबाट आएको समाचार के हो?

मानिसहरूले पृथ्वीमा आनन्द उठाएको परमेश्‍वर चाहनुहुन्छ। मानिसहरूलाई माया गरेकोले नै उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो। संसारभरिका सबै मानिसको उज्ज्वल भविष्यको लागि उहाँले छिट्टै कदम चाल्नुहुनेछ। उहाँले सबै मानिसलाई दुःखकष्टबाट छुटकारा दिनुहुनेछ।—यर्मिया २९:११ पढ्‌नुहोस्‌।

संसारको कुनै पनि सरकारले हिंसा, रोगबिमार र मृत्यु अहिलेसम्म हटाउन सकेको छैन। तर एउटा सुसमाचार छ। अब छिट्टै परमेश्‍वरले सबै मानव सरकार हटाउनुहुन्छ र त्यसको सट्टामा आफ्नो सरकार स्थापना गर्नुहुन्छ। यसका प्रजाहरूले शान्ति र सुस्वास्थ्यको आनन्द उठाउनेछन्‌।—यशैया २५:८; ३३:२४; दानियल २:४४ पढ्‌नुहोस्‌।

२. यो सुसमाचार आज किन अत्यन्तै जरुरी छ?

परमेश्‍वरले पृथ्वीबाट खराब मानिसहरूलाई हटाएपछि मात्र दुःखकष्टको अन्त हुनेछ। (सपन्याह २:३) तर कहिले? अहिले मानिसहरूलाई खतरामा पारिरहेको अवस्थाबारे परमेश्‍वरको वचनमा पहिल्यै भविष्यवाणी गरिएको थियो। परमेश्‍वरले कदम चाल्ने समय नजिकै छ भनेर पृथ्वीमा अहिले भइरहेका घटनाहरूले देखाउँछ।—२ तिमोथी ३:१-५ पढ्‌नुहोस्‌।

३. हामीले के गर्नुपर्छ?

परमेश्‍वरको वचन बाइबलबाट हामीले उहाँबारे सिक्नुपर्छ। बाइबल मायालु बुबाले हामीलाई पठाएको चिठ्ठी जस्तै हो। अहिले कसरी उत्तम जीवन बिताउने र भविष्यमा पृथ्वीमा अनन्त जीवनको आनन्द कसरी उठाउने भनेर बाइबल हामीलाई बताउँछ। तर तपाईंले बाइबलबाट सिकिरहेको कसै-कसैलाई मन नपर्ला। जस्तोसुकै अवस्था आए पनि उज्ज्वल भविष्य पाउने सुनौलो मौका नगुमाउनुहोस्‌।—हितोपदेश २९:२५; प्रकाश १४:६, ७ पढ्‌नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने